ads

भोटेकोशी बाढीपीडितका लागि धादिङबाट १५ लाखभन्दा बढी सहयोग, विद्यार्थीदेखि व्यवसायीसम्म राहत अभियानमा

बिहीबार, भाद्र १८, २०८३

theme

गत भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि धादिङका विभिन्न संघसंस्था, विद्यालय, विद्यार्थी, व्यवसायी तथा समुदायले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख १४ हजार ९ सय ८२ रुपैयाँ सहयोग गरेका छन् ।

 

 

बाढीका कारण विस्थापित तथा प्रभावित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले धादिङमा सञ्चालन गरिएका विभिन्न अभियानमार्फत उक्त रकम संकलन गरी कोषमा जम्मा गरिएको हो । नीलकण्ठ बहुमुखी क्याम्पसले ३ लाख २१ हजार रुपैयाँ सहयोग गरेको छ । बाढीका कारण विस्थापित भएका नागरिकलाई लक्षित गरी स्थानीय संघसंस्था तथा विद्यार्थीहरूको सहभागितामा उक्त रकम संकलन गरिएको हो । त्यसैगरी भैरवी इन्टरप्राइजेजले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ, स्रोत परिचालन बचत तथा ऋण सहकारी संस्थाले २ लाख ११ हजार १ सय ११ रुपैयाँ, भैरवी साकोसले १ लाख ५५ हजार रुपैयाँ, जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र शिवज्योति महिला बचत तथा ऋण सहकारी संस्थाले ७८ हजार १ सय ५ रुपैयाँ सहयोग गरेका छन् ।

 

 

नीलकण्ठ माध्यमिक विद्यालयका विद्यार्थीहरूले समेत आफ्नो खाजा खर्चबाट बचत गरेको ५७ हजार रुपैयाँ बाढीपीडितको राहतका लागि कोषमा हस्तान्तरण गरेका छन्। विद्यार्थीहरूले आफ्नै खर्च कटाएर विपद्मा परेका नागरिकका लागि सहयोग गर्नु सामाजिक उत्तरदायित्वको उदाहरण बनेको छ । यस्तै, धादिङबेँसी बजार क्षेत्रमा मुस्लिम समुदायले सञ्चालन गरेको सहयोग संकलन अभियानबाट १ लाख ३४ हजार २ सय ९ रुपैयाँ संकलन भएको छ । विद्यालय, प्याब्सन तथा अन्य सामाजिक संघसंस्थाबाट प्राप्त सहयोग र शिक्षक–कर्मचारीको तलबबाट समेत गरी कुल ४ लाख ४४ हजार ३ सय ८२ रुपैयाँ राहतका रूपमा उपलब्ध गराइएको जनाइएको छ । यसैगरी, रोजमेरी चाइल्ड केयर बोर्डिङ स्कुलले रसुवा बाढी प्रभावितका लागि १ लाख २८ हजार १ सय ५१ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

 

 

भोटेकोशी बाढीबाट धादिङ, रसुवा, नुवाकोटलगायत जिल्लामा ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि देशभरबाट सहयोग जुटिरहेको छ । धादिङका स्थानीय संघसंस्था, विद्यालय, विद्यार्थी, व्यवसायी तथा विभिन्न समुदायले समेत आफ्नो क्षमता अनुसार सहयोग गर्दै विपद्मा परेका नागरिकप्रति ऐक्यबद्धता जनाएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल