ads

विद्यार्थी राजनीतिदेखि पार्टी संगठनको जिम्मेवारीसम्म अनिल श्रेष्ठको युवा नेतृत्व यात्रा

बिहीबार, आश्विन १५, २०८३

theme

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङ प्रतिनिधिसभा क्षेत्र नं. २, प्रदेश सभा (क) बाट युवा सदस्य पदमा अनिल श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ ।

 

 

नीलकण्ठ नगरपालिका–९, पाल्पाबाट राजनीतिक यात्रा सुरु गर्नुभएका श्रेष्ठ विद्यार्थी राजनीतिदेखि नै संगठन र सामाजिक सरोकारका विषयमा सक्रिय रहँदै आउनुभएको छ ।  नेपाल विद्यार्थी संघको नीलकण्ठ इकाइ सदस्य हुँदै इकाइ अध्यक्षको दुई वर्षे जिम्मेवारीसमेत सफलतापूर्वक पूरा गरेपछि उहाँ पार्टी राजनीतिमा थप सक्रिय हुनुभएको हो ।

 

 

विद्यार्थी जीवनदेखि नै संगठन निर्माण, नेतृत्व विकास र युवाका सवालमा सक्रिय श्रेष्ठले पार्टी संगठनमा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै आउनुभएको छ । अग्रजको अनुभवलाई सम्मान गर्दै युवाको ऊर्जा, नयाँ सोच र पुस्तान्तरणलाई संगठनसँग जोड्ने उहाँको लक्ष्य छ ।  साथै, युवाका सवाललाई पार्टीभित्र प्रभावकारी रूपमा उठाउँदै जनतासँगको सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिबद्धता श्रेष्ठले व्यक्त गर्नुभएको छ ।

 

 

विद्यार्थी संगठनको जिम्मेवारीबाट सुरु भएको श्रेष्ठको राजनीतिक यात्रा अहिले पार्टी संगठनको भूमिकासम्म आइपुगेको छ ।  आगामी दिनमा युवाको आवाजलाई निर्णय प्रक्रियासम्म पुर्‍याउँदै संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने उहाँले ओखर न्यूजलाई बताउनु भयो । 

 

 

“युवाको सहभागिता, पुस्तान्तरण र नयाँ नेतृत्वको खोजी” लाई आफ्नो राजनीतिक यात्राको मूल आधार बनाउँदै श्रेष्ठले पार्टीभित्र युवाको भूमिका थप प्रभावकारी बनाउन पहल गर्ने बताउनुभएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल