धादिङको किराञ्चोक रणकालिका भगवती मन्दिर,पर्यटकीय गन्तव्य बन्दै

शुक्रबार, पौष १९, २०८१

theme

धादिङको गल्छी गाउँपालिका वडा नम्बर ४ मा रहेको प्रसिद्ध किराञ्चोक भगवती(रणकालीका) मन्दिर पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा विकास भैरहेको छ ।

शान्त र चारैतर्फ हरियाली वातावरणमा अवस्थित यो धादिङको गल्छी गाउँपालिका ४ किराञ्चोकमा रहेको किराञ्चोक भगवती(रणकालीका मन्दिर निकै मनमोहक र आकर्षक स्थानमा अवस्थित भएर पनि यो मन्दिरलाई अझै पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिएको छैन् । काठमाण्डौं,चितवन राजमार्गको मास्टारबाट माथि डाडाँमा रहको यस स्थानबाट त्रिशुली नदी,धादिङ र मकवानपुरका विभिन्न गाउँबस्तिहरु देख्न सकिन्छ । गल्छी गाउँपालिका र स्थानीय करणकालीका मन्दिर र आसपासको क्षेत्रलाई धार्मिक तथा ऐतिहासिक पर्यटकीय गनतव्यका रुपमा विकास गर्न लागि परेका छन् । हालै मन्दिरको पुर्ननिर्माण पछि पर्यटकहरुको चहलपहल पनि बाक्लिन थालेको छ तर सडकको अवस्था अझै राम्रो नभएका कारण मन्दिरमा पुग्न भने अझै असहज छ ।

धादिङको किराञ्चोक रणकालिका भगवती मन्दिर,पर्यटकीय गन्तव्य बन्दै

वि.सं १२०० मा यो स्थानमा भएको मानिएको यो कालिका भगवतीको मन्दिरमा पृथ्वीनारायण शाहले समेत दर्शन भेट गरेको उल्लेख छ । पहिलो नुवाकोट आक्रमणबाट हार व्योहोरेका पृथ्वीनारायण शाहले बनारस गई, काश्यप गोत्र धारण गरेका थिए । बनारसको मणिकर्णिका घाटमा सोझै आई किराञ्चोक कालिका भगवतीको श्रद्धा-भक्तिक साथ् पूजा उपासना, आराधना गरि रणकालिकाबाट अजेय शक्ति अमोध बल र आशीर्वाद प्राप्त गरेका शाहले नुवाकोटको रंगसङ्ग्राममा विजय प्राप्त गरेकाले उनैले यसको नामको अगाडि रण थपिदिएका हुन् । यो मन्दिरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न अहिले गाउँपालिका र स्थानीय मिलेर लागि परेका छन् । उनीहरु मन्दिरको पुर्ननिर्माणसंगै प्रचार प्रसार मा जुटेका छन् । तीन सय वर्ष अघि पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्न आएर आर्शिवाद लिएर गएपछि विजयी भएको भन्ने मान्यता छ । यहाँ भाकल गरेको पुरा हुने भएपछि टाँढा टाँढाबाट मानिसहरु उहाँ आउने गरेका छन् । मन्दिर व्यवस्थापनि समितिले यहाँ धारा, शौचालय,निशूल्क इन्टरनेटको व्यवस्था मिलाएको छ । पहिले यो क्षेत्र किराँतहरुले राज्य गरेको र किराँतचोकबाट अपभ्रमश भई किराञ्चोक रहन गएको यसलाई समग्र पर्यटकीय गतिविबधीमा जोड्न सके यस क्षेत्रमा धार्मिक पर्यटनको सम्भावना रहको धार्मिक तथा ऐतिहासिक स्थल किराञ्चोकको प्रचारप्रसारमा पछिल्लो समय स्थानीय लागि परेका  रणकालीका मन्दिर संरक्षण समिति अध्यक्ष शंकरबहादुर भण्डारीले बताए ।

धादिङको किराञ्चोक रणकालिका भगवती मन्दिर,पर्यटकीय गन्तव्य बन्दै

काठमाडौंमा बस्ने किराञ्चोकका स्थानीय तथा पुरातत्व विभागको सहयोगमा २०७१ देखि कालिका मन्दिर पुनः निर्माण सुरु गरिएको थियो । २०७३ देखि सहरी विकास परियोजना गल्छीले मन्दिरमा पुग्ने ठूलो बाटो, धरहरा (भ्यू टावर) निर्माण, अन्य गुरुयोजना अनुरूपका निर्माण कार्यले धार्मिक, सांस्कृतिक, प्राकृतिक, सामाजिक विकास एवम् पर्यटकीय गन्तव्यका दृष्टिले आकर्षक बन्दै गएको छ । काठमाण्डौं चितवन राजमार्गको मास्टारबाट माथि डाडाँमा रहको यस स्थानबाट त्रिसुली नदी,धादिङ र मकवानपुरका विभिन्न गाउँबस्तिहरु देख्न सकिन्छ ।

धादिङको किराञ्चोक रणकालिका भगवती मन्दिर,पर्यटकीय गन्तव्य बन्दै

अझै २ किलामिटर जस्तो सडक पक्की गरेमा १२ महिना यातायात सञ्चालन हुन सक्ने र त्यसले अझै यहाँ पर्यटकको चहलपहल बढ्ने अपेक्षा मन्दिर व्यवस्थापन समितिको छ । मन्दिरको पर्यटकीय गनतव्यका लागि अझै तीनै सरकार मिलेर काम गर्नुपर्ने सरोकारवालाको माग छ । यहाँ धादिङ सहित चितवन, गोरखा, तनहु, कास्की, मकवानपुर, काठमाडौं, नवलपरासी,नुवाकोट, बारा, पर्सा लगायतका स्थानबाट पर्यटकहरु पुग्ने गरेका छन् । बार्षिक २० हजार को संख्यामा पर्यटकहरु यहाँ आउने गरेका छन् । अझै यसको प्रचार प्रसार तीव्र हुन सकेमा दशैभरबाट मात्रै नभएर अन्य देशहरुबाट पनि पर्यटक पुग्ने थिए ।

धादिङको किराञ्चोक रणकालिका भगवती मन्दिर,पर्यटकीय गन्तव्य बन्दै


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • Okhar News Logo

    गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउसद्वारा संचालित

    ओखर न्यूज डट कम, OkharNews.com

    कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ

    Email: [email protected]

    सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४

    सञ्‍चार रजिष्ट्ररको कार्यालय

    बागमती प्रदेश द.नं : ००२७०/०७९-०८२

    सूचना विभाग दर्ता नम्बर: ३९९६/०७९-०८२

    अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल

    व्यवस्थापक – शारदा अधिकारी

    फोटो / सम्पादन – भिषण श्रेष्ठ