धादिङ अस्पतालका कर्मचारीमाथि दुर्व्यवहार र भिडियोमा अफवाह फैलाइएको घटनाप्रति कानुनी कारबाहीको प्रक्रिया अगाडि

बिहीबार, जेष्ठ १४, २०८३

theme

धादिङ अस्पतालले अस्पतालभित्र चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार, अनधिकृत भिडियो खिच्ने तथा सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने गतिविधि बढेको भन्दै जिल्ला प्रशासन कार्यालय धादिङसँग आवश्यक कारबाहीको माग गरेको छ ।

 

 

निमित्त अस्पताल निर्देशक डा. त्रिभुवन चन्द्र झाका अनुसार गत २०८३ जेठ ११ गते सोमबार अस्पतालको ड्रेसिङ शाखामा सेवाग्राहीको अत्यधिक चापका कारण कर्मचारीहरूले खाजा खाने समय समेत नपाएर आफ्नो ड्युटी कक्षमै खाजा खाइरहेको अवस्थामा ज्वालामुखी गाउँपालिका–४ निवासी सुगम बाँडाले विना अनुमति अनाधिकृत रूपमा भिडियो खिचे र सामाजिक सञ्जालमा सम्प्रेषण गरी न्यूनतम मानवता समेत ख्याल नगरी प्रचलित ऐन नियम विपरीत अफवाह फैलाइएको र कार्यरत महिला कर्मचारीको समेत चरित्र हत्या गरिएको अस्पताल प्रशासनको भनाइ छ ।

 

 

अस्पतालले उक्त घटनामा संलग्न व्यक्तिमाथि आवश्यक छानबिन गरी प्रचलित कानून अनुसार कारबाही गर्न तथा अस्पतालका कर्मचारीलाई सुरक्षित वातावरणमा काम गर्ने अवस्था सुनिश्चित गरिदिन प्रशासनसँग अनुरोध गरेको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

100%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल