नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक कार्यलाई सहज, व्यवस्थित र द्रुत गतिमा अगाडि बढाउन केन्द्रीय तहबाट विशेष जिम्मेवारी बाँडफाँट गरेको छ ।

पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको सोमबार बसेको बैठकले सातै प्रदेशमा अनुगमन तथा समन्वयका लागि केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी तोकेको हो । बैठकले १४ औं महाधिवेशनपछि गठन भएका क्रियाशील सदस्यता छानबिन समितिबाट प्रमाणित सदस्यतालाई पुरानो सदस्यता मानी नवीकरण प्रक्रियामा समावेश गर्न जिल्ला सभापतिहरूलाई परिपत्र गर्ने निर्णय समेत गरेको छ । विभिन्न पार्टीबाट नेपाली कांग्रेसमा समायोजन भएका व्यक्तिहरूको सदस्यता सम्बन्धी समस्या समाधानका लागि विभिन्न जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय पनि गरिएको छ । समितिले यसैबीच, धादिङका ईश्वर अधिकारीलाई केन्द्रीय समितिले काठमाडौं जिल्लाको जिम्मेवारी प्रदान गरेको छ । लामो समय विद्यार्थी राजनीति गरेका अधिकारी नेपाल विद्यार्थी संघ धादिङको सचिव हुँदै उनी सभापति बने,धादिङबाट महाधिवेशन प्रतिनिधि रहेका अधिकारी युवामाझ लोकप्रिय नेता नेविसंघको संगठनमा बलियो पकड भएका नेता हुन् ।

अधिवेशन सम्पन्न भएका सात देशका समितिलाई क्रियाशील सदस्यता अद्यावधिकका लागि अनुमति दिने तथा अन्य समितिहरूलाई समय तालिका बनाएर अधिवेशन सम्पन्न गर्न निर्देशन दिने निर्णय गरिएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल