धादिङका वन वातावरण विषयका स्थानीय सवाल

सोमबार, फाल्गुण १९, २०८१

theme

आँखुको सुसेली ०८१ मंसिर अंकबाट लिएको

बिष्णु प्रसाद आचार्य
डिभिजनल वन अधिकृत, धादिब

उत्तरमा हिमालय पर्वतदेखि दक्षिणमा महाभारत लेकसम्मको फैलिएको नेपालको एकमात्र जिल्ला धादिङ हो। कुल १,९२४.८७ वर्ग कि.मि. (नेपालको कुल क्षेत्रफलको करिब १.३१%) क्षेत्रफलमा फैलिएको यो जिल्लाको पूर्वपश्चिम फैलावट भन्दा उत्तरदक्षिणको फैलावट ज्यादा छ । हिमालय पर्वतबाट उत्पति भई जिल्लाको लगभग बिच भागमा अविरल बग्ने त्रिशुली, आँखु र बुढीगण्डकीको सौन्दर्य, विभिन्न साना तथा ठूला उपत्यका, चरण क्षेत्र, टारहरूको मनमोहक अवस्थितिले धादिङ जिल्ला प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता एवम् सामाजिक संयोजन तथा सँगमस्थलको रुपमा परिचित छ ।

गणेश हिमालको काखमा अवस्थित धादिङ जिल्लाको भूगोल र भौगोलिक आयामले पर्यटन र व्यवसायिक कृषिका लागि प्रशस्त सम्भावनाहरू दिएका छन् । भू–आकृतिमा झण्डै बुटको आकारमा रहेको धादिङ जिल्लाको भौगोलिक फैलावट पूर्वमा काठमाडौं, नुवाकोट र रसुवा, पश्चिममा गोरखा, उत्तरमा रसुवा जिल्ला तथा चिनको स्वशासित क्षेत्र तिब्बत एवम् दक्षिणमा चितवन र मकवानपुर जिल्लाको सिमाना जोडिएको छ । भौगोलिक र जैविक विविधता यस जिल्लाको विशेषता हो । उत्तरमा अवस्थित गणेश हिमाल र रुबिभ्यालीले यस जिल्लाको प्राकृतिक छविलाई अझ मनोरम बनाएको छ । गङ्गाजमुनाको झरना, झार्लाब र रुबिभ्यालीको तातोपानी मुल, गुप्तेश्वर, चमेरे ओडार जस्ता गुफाबाट सुशोभित यो जिल्ला पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण छ ।

भू उपयोगको हिसाबले जिल्लाको कुल क्षेत्रफल १,९२,४८७ हेक्टरमध्ये वनक्षेत्र (झाडी समेत) ९२,८११ हेक्टर (जम्मा क्षेत्रफलको ४८.२१%) र चरणक्षेत्र १५,९४१.०० हेक्टर (जम्मा क्षेत्रफलको ८.२८%) गरेर ५६% भन्दा बढी क्षेत्रफल वनले ढाकेको छ । वन व्यवस्थापनको पाटोमा विभिन्न ७१७ वटा सामुदायिक वन र ४८५ वटा कबुलियती वन क्षेत्रको रुपमा जनताद्वारा व्यवस्थापन भएका छन् जहाँ वन कार्यालयले प्राविधिक र कानुनी पाटोमा सहयोग पु¥याउँदछ । आजको यो लेखमा हामी अन्य कुरालाई थाती राखेर डिभिजन वन कार्यालयले नियमित गर्ने काम कारवाहीका अलावा यहाँका पालिका, नागरिक समाज, पर्यटन व्यवसायीले वन वातावरणका सवालमा कुन कुन स्थानीय विषयमा प्राथमिकता दिनुपर्दछ भन्ने विषयमा केन्द्रित रहनेछौं । वन वातावरण क्षेत्रको स्थानीय सवाल खोजी गर्ने क्रममा डिभिजन वन कार्यालय धादिङले स्थानीय पालिकाका जन प्रतिनिधि, उपभोक्ता, सञ्चारकर्मी, नागरिक समाजका सदस्यसँगको पटकपटकको छलफल, डिभिजन वन कार्यालयका कर्मचारीको अनुगमन, गस्तीको क्रममा गरिएको विभिन्न स्थानको भ्रमण आदिको आधारमा यस जिल्ला भित्रका वन, वातावरण, वन्यजन्तु तथा जैविक विविधताको सरक्षण र व्यवस्थापनको सन्दर्भमा निम्नानुसार स्थानीय सवाललाई कार्यान्वयनका लागि तय गरेको जानकारी गराउँदछौं । यी सवाल सम्पन्न गर्नका लागि यस कार्यालयको एकल प्रयास, स्रोतसाधन र जनशक्ति अपर्याप्त हुनाले यहाँको जिल्ला समन्वय समिति, पालिका, नागरिक समाज, राजनीतिक दलको समन्वय, सहकार्य, सामुदायिक, कबुलियती वन समूह, जिल्लामा कार्यरत वन वातावरणसँग सम्बन्धित गैरसरकारी संस्थाको समन्वयबिना प्रभावकारी र दिगो नहुने महसुस गरेर आवश्यक सहयोग, समन्वय र सहकार्यका लागि आग्रह गर्दछौं । हामी हाम्रो नियमित कामको अलवा यिनै विषयको वरिपरि केन्द्रित भएर हाम्रा गतिविधि र अभियान सञ्चालन गर्नेछौं ।

धादिङ जिल्ला नेपालमा सबैभन्दा धेरै सामुदायिक वन (७१७ वटा सा.व.) भएको जिल्ला हो । यो हाम्रो लागि आफैमा एउटा गौरवमय इतिहास हो तर दुर्भाग्य के हो भने यो आ.व.को अन्त्य सम्ममा करिव ५०% को हाराहारी समूहको कार्ययोजना नवीकरण गर्न बाँकी रहेको छ । झन्डै ८०% भन्दा बढी समूह निस्क्रिय छन् । अधिकांश समूह आर्थिक रुपमा निकै कमजोर अवस्थामा रहेकाले आफै कार्ययोजना नवीकरण गर्न नसक्ने अवस्थामा रहेका छन् । यसले नयाँ समस्या सिर्जना गरेको छ र यो समस्यालाई तत्कालै समाधान गर्नुपर्ने देखिन्छ, जुन हाम्रो एकल प्रयासबाट मात्र सम्भव देखिंदैन । तसर्थ, यो विषयमा हामी सबै सरोकारवालाको सहयोगको अपेक्षा गर्दछौं । यसमा सबैभन्दा महत्वपूर्ण भूमिका पालिकाको हुन सक्छ । पालिकाले आफ्नो नियमित कार्यक्रमको सिलसिलामा केहि बजेट यी र यस्ता विषयमा विनियोजन गरेर काम गर्न सक्छन्। गत आ.व.मा थाक्रे गाउँपालिकाले सृष्टि फाउन्डेशन मार्फत आफ्नो पालिका भित्रका १५ वटा सामुदायिक वनको कार्ययोजना नविकरण गर्न सहयोग पु¥यायो। देख्दा सानो सहयोग भए पनि यसले हामीलाई अत्यन्त उत्साहित बनाएको छ, यस्ता अनुकरणीय कार्यलाई अन्य पालिकाले पनि अनुशरण गर्नेछ भन्ने विश्वास छ ।

वन व्यवस्थापनको पाटोमा हेर्दा ७१७ समूहमध्ये मुस्किलले आधा दर्जन समूहले समूह बाहिर काठदाउरा बिक्री वितरण र अत्यन्त थोरै समूहले मात्र आन्तरिक खपत गरेका छन्। यी समूहमध्ये कैयौं समूह काठदाउरा उत्पादन गर्न सक्ने अवस्थामा रहे तापनि बेवास्ता, निस्क्रियताले यी समूहबाट कुनै उत्पादनमुखी काम हुनसकेको छैन । यसले एकातिर समूहको परनिर्भरता बढिरहेको छ भने अर्कोतर्फ लाखौं क्यु फिट काठ तथा हजारौं चट्टा दाउरा नोक्सानीको अवस्थामा पुगेका छन्। वन व्यवस्थापनको दृष्टिकोणले यो अत्यन्त कमजोर
अवस्था हो। आगामी आ.व.को सुरुवातबाट नै वन व्यवस्थापनको पाटोमा पनि समूहलाई क्रमशः अग्रसर गराउनु पर्ने देखिएको छ ।

बालबालिकालाई संरक्षण शिक्षा दिनु भनेको केवल व्यक्तिलाई मात्र शिक्षा दिनु होइन, यो भनेको सिङ्गो पुस्तालाई नै संरक्षणको सवालमा सक्रिय, जागरुक र चेतनायुक्त बनाउनु हो भन्ने मूलमन्त्रलाई अनुभूत गर्दै हामीले संरक्षण शिक्षा अभियानलाई उच्च प्राथमिकता दिएका छौं । संरक्षण शिक्षा विना वन, वातावरण र जैविक विविधता संरक्षणमा वन कार्यालय वा राज्यको अन्य निकायले मात्र सफलता पाउन कठिन हुने हुनाले तपाईँ नजिकका विद्यालयका नानीबाबुलाई अहिलेदेखि नै वातावरणमैत्री काममा संलग्न गराउने उद्देश्यले विद्यालय स्तरीय संरक्षण शिक्षा प्रचार प्रसारका लागि इको क्लब गठन र धादिङ जिल्लाका वन वातावरण सम्बन्धी एजेन्डालाई उच्च प्राथमिकता दिएर डिभिजन वन कार्यालयसँग सहकार्य गरी ब्रोसर तथा संरक्षण पुस्तिका÷पुस्तक प्रकाशन तथा वितरण गर्ने व्यवस्था मिलाउने, यस्ता
ब्रोसर, पुस्तक प्रकाशित गरी धादिबका सबै विद्यालय, पुस्तकालय र पालिकामा पु¥याउन सबैले केही न केही सहयोग गर्ने, गराउने । हाल कार्यालयले इको क्लबको ब्रोसर प्रकाशन, विभिन्न वन वातावरण सम्बन्धी पुस्तक वितरण आदि काम सम्पन्न गरेको छ ।

प्रकृति र संस्कृति हाम्रो जीवनको अभिन्न अंग हुन्छ भन्ने कुरालाई आत्मसात् गर्दै जिल्लाका उपयुक्त स्थानमा नक्षत्र बाटिका निर्माणका साथै अन्य आवश्यकता अनुसारका कार्यक्रम पहिचान गरी सो कार्यक्रम सञ्चालन गर्ने । यो अभियान सबै पालिका, समाजसेवीले आफ्नो प्रियजनको सम्झनामा उपयुक्त अवसर र स्थानमा रोपण गर्न गराउनु हुन अनुरोध गर्दछांै। धादिङ जिल्लामा व्यापक रूपमा रहेका बर, पीपल र समीको चौतारीको संरक्षण र प्रवद्र्धनका लागि बर, पीपल, समीलगायतका देववृक्षको संरक्षण र विस्तारका लागि सोको तथ्याङ्क सङ्कलन, संरक्षण र रोपण आदिको काम गर्ने, गराउने। यस्ता देववृक्ष धादिबमा निकै मात्रामा छन् भन्ने थाहा भएको तर यसको स्पष्ट तथ्याङ्क नभएको हुँदा तथ्याङ्क सङ्कलन आदिको काम गर्न तथा वृक्षरोपणमा यस्ता प्रजातिलाई प्राथमिकता दिनु हुन अनुरोध छ । बाटो विस्तारको क्रममा हाम्रो यो धरोहर निकै मासिएर गए तापनि बाँकी रहेकाको उचित स्याहार र नोक्सानी हुन नदिने व्यवस्था गर्ने, गराउनेतर्फ पहल गर्न अनुरोध गर्दछौं ।  डिभिजन वन कार्यालयले यस्ता देववृक्षको उद्धार, पुनस्र्थापना तथा रोपणको काम अभियानको रुपमा नै सञ्चालन गर्दै आएको छ तर एकल प्रयास निरर्थक हुने हुँदा यहाँका पालिका, समाजसेवी लगायत सबैलाई यो विषयमा गम्भीर भएर सोच्न र ध्यान दिन अनुरोध गर्दछौं । बर पीपलको विषयमा पुनर्जागरण अभियान नै गर्नुपर्ने आवश्यकता देखेका छौं । बर, पीपलको
चौतारी अभियानलाई सफल बनाउन हामी ट्री गार्ड, चौतारी निर्माणमा समाजसेवीबाट आफ्ना प्रियजनको सम्झनामा निर्माण गर्न समेत आग्रह गर्दछौं । यसको लागि निर्माणमा सहभागीलाई सम्मान कार्यक्रम आयोजना गरिनेछ ।

सहरीकरणसँगै ठूलाठूला कंक्रिट घरको निर्माण देशव्यापी नै छ । धादिङमा पनि यो स्वाभाविक ढंगले बढेको छ । एकातिर सहरीकरण, पिच र बाटो ढलान आदिले चराको बासस्थान खुम्चिँदो छ भने अर्कोतर्फ गर्मी महिनामा अत्यन्त गर्मी हुने र डढेलोले आक्रान्त बनाउने हुँदा चराचुरुङ्गीका लागि अझ कठिन अवस्था सिर्जना हुने हुनाले प्रत्येक घरमा “एकमुठी अन्न, एक भाँडो पानी चराका लागि, प्रकृतिका लागि, मानवताका लागि” भन्ने आव्हान गर्ने र यसका लागि वातावरण निर्माण गर्ने । अबको विश्वको लडाइँ भनेको पानीको लडाइँ हो, यो हाम्रो जिन्दगानी पनि हो । यिनै कुरालाई आत्मसात् गर्दै प्रत्येक पालिका अन्तर्गतका उपयुक्त विभिन्न स्थानमा वन कार्यालय, सामुदायिक वनको संयोजन÷सहकार्यमा जल पुनर्भरण (रिचार्ज पोखरी) निर्माणका लागि संयोजन गर्नु हुन अनुरोध छ । धादिङ जिल्लाको गजुरी तथा बेनिघाटरोराब गा.पा.को क्षेत्रमा बसोबास गर्ने आदिवासी चेपाब जातिको परिचय र जीविकोपार्जनसँग जोडिएको चिउरी र चमेरोको संरक्षण र प्रवद्र्धनको विविध कार्यक्रम अझ घनिभूत बनाउनु हुन । हाल बेनिघाट रोराब गाउँपालिकाले चिउरी संरक्षण अभियानमा यसको महत्व दर्शाउने पुस्तक प्रकाशन, नर्सरी स्थापना, बिरुवा वितरण, रोपण लगायतका महत्वपूर्ण भूमिका खेलिरहेको छ । यी र यस्ता विषयलाई अन्य पालिकाले समेत अनुसरण गर्ने र अभियान चलाउन अनुरोध गर्दछांै।डिभिजन वन कार्यालयले प्रेम सागर फाउन्डेसन थाक्रे २ तसर्पु, गजुरी सब डिभिजन अन्तर्गत गलौदी, डिभिजन वन कार्यालयको नर्सरी र भूमिरमण नेपालको (नीलकण्ठ २, बसाहा) व्यक्तिगत नर्सरीमा बृहद मात्रामा चिउरीका बिरुवा उत्पादन गरिरहेको छ । यो आ.व.मा चिउरीका बिरुवा वितरण, बेनिघाट ८ बर्पुकमा चिउरीको बिउ उत्पादन गर्ने उद्देश्यले बिउबगैँचा निर्माण गरेको छ जसबाट आगामी वर्षमा उत्कृष्ट बिउ उत्पादन हुने अपेक्षा लिइएको छ । सालक ९एबलनयष्लि० लोपोन्मुख र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्त संरक्षण ऐन,२०२९ अनुसार संरक्षित स्तनधारी जन्तु हो। धादिबका मध्य पहाडी तथा पहाडी क्षेत्र यसको राम्रो वासस्थान हो तर हालैका दिनमा वासस्थानमा आएको हस्तक्षेप, जनचेतनाको अभावमा भएका चोरीनिकासी आदिले यिनको अस्तित्व गम्भीर संकटमा परेको छ । यस जिल्लामा सालकको उल्लेख्य उपस्थिति रहेको तर अवैध चोरी निकासी धेरै हुने जिल्लामा यो पनि अग्रणी स्थानमा रहेको हुनाले यसको संरक्षणमा तत्काल नै जुट्नुपर्ने अवस्था देखिएकाले सालकको वासस्थान संरक्षण र विकास तथा प्रचारप्रसारका लागि हामीले तत्कालै हातेमालो गर्नुपर्ने अवस्था छ । डिभिजन वन कार्यालयले यसको प्रचार प्रसारको लागि कार्यालय परिसरमा सालकको मूर्ति र पार्कको स्थापना, ध्ध्ँ नेपालको सहयोगमा “हाम्रो सालक, प्यारो सालक” नामक पुस्तिका प्रकाशन, श्क्ी को सहयोगमा फ्लेक्स प्रकाशन र वितरण गरेको छ । यसैगरी डि.व.का.ले विभिन्न विद्यालय र संघसंस्थाको सहयोगमा २०८० फाल्गुन ४ गते नीलकण्ठ मा.वि.को प्राङ्गणमा बृहद रुपमा सालक दिवस सम्पन्न गरेको छ । यसैगरी विभिन्न विद्यालयमा सालकको प्रवद्र्धनको लागि विद्यालयमा कक्षा सञ्चालन र यसको महत्व झल्किने गरी फोटो फोरेज प्रकाशन गरी विभिन्न सरकारी तथा सार्वजनिक स्थानमा वितरण गरेको छ । जनचेतनाको अभियानलाई तिब्र बनाएको छ । यस्ता प्रचारप्रसारले सालक संरक्षणमा योगदान पुग्ने अपेक्षा लिएका छौं र आगामी दिनमा यहाँका पालिका र अन्य सरोकारवालाले यो विषयलाई उच्च महत्वका साथ उठाउनु हुनेछ भन्ने विश्वास व्यक्त गर्दछौं ।

पर्यापर्यटनको हिसाबले उत्कृष्ट गन्तव्य बन्न सफल रहेको लाबटाब र मनास्लु हिमश्रृङ्खलालाई जोड्ने पर्यापर्यटनको प्रचुर सम्भावना बोकेको, तामाब संस्कृति र सभ्यताको अध्ययनको मूलथलोको रूपमा रहेको, गणेश हिमाल, पाबिल हिमाल, प्याल्दोर पिक, पाबसाबपास (३,८४० मिटर), गणेश कुण्ड, कालो दह (४,०२६ मिटर), सेतो दह (४,०९६ मिटर) लगायत अन्य सिमसार क्षेत्रले भरिपूर्ण, जङ्गली याक, रेडपाण्डा (हाब्रे) तथा हिउँ चितुवा लगायतको बासस्थान रहेको रुबीभ्याली भने प्रचार प्रसार, अपनत्व र संस्थागत नेतृत्वको अभावमा झन्डै टुहुरो अवस्थामा पुगेको छ । यो हामी सबै धादिङबासीका लागि अत्यन्त दुःखको कुरा हो । यसलाई संरक्षण र प्रवद्र्धन गर्न यहाँका समन्वय समिति, पालिका, होटेल व्यवसायी संघ, पर्यटनसँग सम्बन्धित संघ÷संस्थाले प्रदेश सरकारसँग समन्वय गरी वन ऐन, २०७६ को दफा–१५ र वन नियमावली, २०८० को परिच्छेद–३ अनुसारको वन संरक्षण क्षेत्रको व्यवस्थापन कार्ययोजना लागू गर्ने कार्यमा आवश्यक सहकार्य गर्नु हुन र यसलाई केही वर्ष भित्र देशको एक अत्यन्त सहज, सरल र उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन पहल गर्ने, गराउने ।
खुशीको कुरा यस पटकको बागमती प्रदेशको नीति तथा कार्यक्रममा यो विषय समावेश भएको छ । यो विषयलाई उच्च प्राथमिकता दिएर सबै सरोकारवालालाई लागि पर्न हामी अनुरोध गर्दछौं । धादिङ जिल्ला प्राकृतिक सम्पदाको लागि निकै धनी जिल्ला हो । यस जिल्लाको
उत्तरी भेग बाहेकका क्षेत्रमा समेत ट्रेकिङ्ग, हाइकिङ्गका लागि अनगिन्ती रुटको विकास गर्न सकिन्छ । धादिबबेसी वरिपरि र विभिन्न पालिकाको वरिपरि सानातिना पहाड, रमणीय स्थल अनेक छन् यिनको विकास गर्ने, पूर्वाधार तयार गर्ने र आवश्यक प्रचार गर्नुपर्छ तर यी विषय पूर्णतया ओझेलमा परेको देखिन्छ । यस प्रयोजनका लागि सम्भाव्य रुट र स्थानको खोजी गरी सोको पूर्वाधार तयारी तथा यहाँका स्थानीय, युवा, विद्यार्थी, सञ्चार माध्यम तथा कर्मचारी मार्फत “स्वास्थ्यका लागि हाइकिङ्ग” कार्यक्रम सञ्चालन गर्ने, उचित प्रचार प्रसार र कार्यक्रम गर्ने, गराउने।

प्रत्येक क्याम्पस, विद्यालयले आफ्ना विद्यार्थीलाई समय मिलाएर नियमित हाइकिङ्ग ट्रेकिङ्गमा लैजाने व्यवस्था मिलाउने, यसरी लैजाने गरेमा यी र यस्ता विषयमा विद्यार्थीहरू क्रमशः अभ्यस्त हुन्छन् र पछि आफै यस्ता विषयमा अग्रसर हुन्छन्। यिनका अलवा कर्मचारी मिलन केन्द्र, पत्रकार महासंघ, गैर सरकारी संस्था, टोल विकास संस्था, लायन्स क्लब, रोटरी क्लब जस्ता अन्य सामाजिक संस्था र अभियानकर्मीले अभियान नै चलाउने यसले स्वास्थ्यको साथै प्रकृतिप्रतिको प्रेम र स्थानीय व्यापार प्रवद्र्धनमा सघाउ पुग्दछ । धादिङका विभिन्न पालिका वरिपरी रहेका विभिन्न मठमन्दिर, विभिन्न गुफा, तालतलैया, झरना, ऐतिहासिक ठाउँ पूरै ओझेलमा छन्। यी स्थानमा विभिन्न समयमा भ्रमण गर्ने गराउने माहोल मिलाउने। धादिङको बेनिघाट, मलेखु र कालु पाण्डे मार्ग राजमार्गको कालिदह खण्ड
नेपालको पत्थर (जियोलोजिकल) अध्ययनको हिसाबले एउटा उत्कृष्ट खण्ड हो जुन कुरा धेरै धादिबबासीलाई थाहा छैन, यी र यस्ता विषयको प्रवद्र्धन गर्ने गराउने । उत्तरी क्षेत्रमा हुनसक्ने जडीबुटी, टिम्बुर, अर्गेली, लोक्ता, निगालो, चिराइतो, पाँचऔले, निरमसी, जटामसी आदि गैरकाष्ठ वन पैदावारको अधिकतम सदुपयोगका लागि घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, सामुदायिक वन, कबुलियती वन समूह र वडा कार्यालयसँगको सहकार्यमा यस्ता कार्यक्रमलाई प्राथमिकता दिने। तल्लो भेगमा बाँस, अम्रिसो, अमला, हर्रो, बर्रो, तेजपात, नीम, कुरिलो लगायत दीर्घकालिन रुपमा आम्दानी दिन सक्ने प्रजातिको प्रवद्र्धन गर्ने । प्रत्येक पालिका अन्तर्गत फलफूल र सौन्दर्यमुखी विरुवा उत्पादनको काम गर्न कम्तिमा एउटा वन नर्सरी निर्माणको कार्यक्रम गर्नु हुन । बिरुवा उत्पादन गर्दा हराउँदै गएका र सौन्दर्यमुलक सीताअशोक, दार, छतिवन, विजयसाल, पलाँस लालुपाते, नीम, गोदावरी, ज्याकारन्डा, गुलमोहर जस्ता प्रजातिलाई प्राथमिकता दिने । हरेक घरमा कम्तिमा १० वटा फूलको गमला राख्नैपर्ने र धादिङ जिल्लालाई
फूलैफूलको सहरको रुपमा विकास गर्ने अभियान सञ्चालनका लागि उपयुक्त वातावरण मिलाउने र आवश्यकता अनुसार संयोजनको व्यवस्था गर्नु हुन । प्रत्येक पालिकाले आफ्नो कार्यक्षेत्रभित्र वातावरण मैत्रीपार्क निर्माण गर्ने, गराउने, यसका लागि नजिकको र उपयुक्त सामुदायिक वनको सहकार्य, समन्वयमा वन नियमावली, २०७९ को नियम–५२ मा भएको सामुदायिक वनमा पर्यापर्यटन कार्यक्रम सञ्चालन सम्बन्धी व्यवस्थाको अधिनमा रहेर काम गर्ने, गराउने माहौलको सिर्जना गर्ने ।

धादिङका सबैजसो पालिका शहरउन्मुख हँुदैछन् तर पालिकाको समिपमा कुनै उपयुक्त पार्क आदि अत्यन्त कम छन्। यसको लागि तत्काल जङ्गल बिस्तार गर्न सकिने वृक्षारोपण लगायतका काम गर्न हामी सबै पालिकालाई आग्रह गर्दछांै।  होटेल तथा अन्य व्यवसायलाई वातावरणमैत्री, बगैँचामैत्री बनाउन आवश्यक नीतिनियमको तर्जुमा गरी होटेल व्यवसायी संघसँग समन्वय गरेर लागू गर्ने,
गराउने । नेपालको संविधान अनुसार प्रत्येक पालिकाका अधिकारमा परेका वनको व्यवस्थापन, संरक्षण र प्रवद्र्धनका लागि पालिका स्तरको वन र वातावरणमैत्री कानुन तर्जुमा गर्ने, गराउने। धादिङ जिल्ला कुन जैविक वा सांस्कृतिक विविधताका लागि प्रसिद्ध छ, त्यसलाई जिल्लाको मौलिक परिचय बनाउन अध्ययन गर्ने, गराउने। यसको लागि सबै पालिका र नागरिक समाज लाग्न सक्ने हो भने धादिङको लागि बर पीपलको चौतारी भएको जिल्लाको रुपमा परिचित गराउन सकिन्छ । वनक्षेत्रमा पूर्वाधार निर्माण, वन पैदावार सदुपयोग तथा व्यवस्थापनका सन्दर्भमा अधिकांश स्थानमा पालिका र वन कार्यालयबीच द्वन्द पैदा हुने क्रम बढेर गएकाले त्यसलाई न्यूनीकरण गर्नका लागि पालिकाले तत्सम्बन्धी आकर्षित हुने ऐन, नियमपालना गर्ने, गराउने व्यवस्थाका लागि सहकार्य र समन्वय गरी दिनु हुन अनुरोध छ । धादिङका प्रमुख पर्यापर्यटकीय गन्तव्यको खोजी गरी पत्रिका, पोष्टर, फ्लेक्स प्रकाशन गरी प्रवद्र्धन गर्ने, गराउने। वन नियमावली, २०७९ को नियम–३६ मा सहरी क्षेत्रमा जोखिमयुक्त रुखको व्यवस्थापन सम्बन्धी स्पष्ट प्रावधान रहेको छ । कतिपय स्थानमा कानुनी प्रावधानको जानकारीको अभावमा मानवीय र भौतिक क्षति हुने सम्भावना रहेको र अन्जानमा रुखबिरुवा हटाउँदा कानुनी उल्झनमा परिने अवस्थासमेत रहेकाले यसको समाधानका लागि आफ्नो पालिकाभित्र यस्तो अवस्थाको जानकारी सबै समुदायलाई गराइदिने । वन अतिक्रमण, वन्यजन्तुको अवैध शिकार, वनडढेलो नियन्त्रण जस्ता विषयलाई वन कार्यालयको मात्र जिम्मेवारी नठानी सबै सरोकारवालाले अपनत्व ग्रहण गर्नु हुन अनुरोध छ । साथै यी विषयका अलावा यहाँहरूले आवश्यकता महसुस गर्नुभएको वन तथा वातावरण सम्बन्धी अन्य स्थानीय एजेन्डा (कार्यसूची) पनि थप गरेर स्थानीय परिवेशमा लागू गर्न तथा गराउन समेत अनुरोध गर्दछौं ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • Okhar News Logo

    गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउसद्वारा संचालित

    ओखर न्यूज डट कम, OkharNews.com

    कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ

    Email: [email protected]

    सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४

    सञ्‍चार रजिष्ट्ररको कार्यालय

    बागमती प्रदेश द.नं : ००२७०/०७९-०८२

    सूचना विभाग दर्ता नम्बर: ३९९६/०७९-०८२

    अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल

    व्यवस्थापक – शारदा अधिकारी

    फोटो / सम्पादन – भिषण श्रेष्ठ