रुबिभ्याली अवसर र चुनौतीहरुको संगम

शुक्रबार, मंसिर १३, २०८२

theme

 

बागमती प्रदेशको धादिङ जिल्लामा अवस्थित रुबिभ्याली गाउँपालिका नेपालको उत्तरपूर्वी हिमाली क्षेत्रको एक सुन्दर र सम्भावनायुक्त गाउँपालिका हो । गोरखा र रसुवा जिल्लाको सीमामा रहेको यो गाउँपालिका करिब ३५० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । 

 

 

यो पालिकामा करिब १८ हजार जनसङ्ख्या बसोबास गर्छन् । ६ वडामा विभाजित यस गाउँपालिकाको मुख्यालय खार्खा (सेर्तुङ) हो । हिमालय नजिकैको अवस्थितिले यहाँबाट गणेश हिमाल, लाङटाङ र मनास्लु जस्ता हिमालहरूको मनमोहक दृश्य सहजै अवलोकन गर्न सकिन्छ । रुबिभ्यालीको नाम नै यहाँ पाइने किम्ति ‘रुबि’ ढुंगा र सुन्दर भू–भागका कारण प्रसिद्ध छ । प्राकृतिक सौन्दर्यका साथै तामाङ, गुरुङ, घले समुदायको बाहुल्य यो क्षेत्र विविध जातिय समुदायको संस्कृतिले पनि यस क्षेत्रलाई विशेष बनाएको छ । गणेश हिमाल ट्रेकिङ मार्ग, स्वच्छ गुफा, झरना र तातोपानीका मुहान (हट स्प्रिङ्स) जस्ता आकर्षणहरूले यो गाउँपालिकालाई आन्तरिक तथा बाह्य पर्यटकका लागि लोभलाग्दो गन्तव्य बनाएका छन् । उचित पूर्वाधार र प्रचार–प्रसार भएमा यो क्षेत्र नेपालको पर्यटन नक्सामा महत्वपूर्ण स्थान पाउनसक्छ ।

 

 

तर, यी सम्भावनाहरूको उपयोग गर्नुअघि समाधान गर्नुपर्ने चुनौतीहरू प्रशस्त छन् । यातायात, स्वास्थ्य र शिक्षा पूर्वाधारको कमीले स्थानीय बासिन्दाको जीवनस्तर प्रभावित छ । धेरै गाउँमा अझै मोटरबाटो पुगेको छैन, पछिल्लो समय पुगे पनि यो मौसमी बाटोको रुपमा मात्र कायम छ । मुख्यतः वर्षा सुरु भएपछि यहाँको बाटो छैन जस्तै हुन्छ जसले कृषि उत्पादनको बजार पहुँच र पर्यटन विकासमा अवरोध पु¥याएको छ । पहिरो र भूकम्पजस्ता प्राकृतिक प्रकोपको जोखिम पनि यहाँका बासिन्दाको जीवनमा निरन्तर खतरा बनेको छ । साथै, रोजगारीको अभावका कारण युवाहरू विदेश पलायन हुन बाध्य छन्, जसले स्थानीय श्रमशक्ति र विकास सम्भावनामा कमी ल्याउँछ ।

 



 

रुबिभ्याली गाउँपालिकामा प्रशस्त प्राकृतिक सम्पदा र सांस्कृतिक धरोहर भए तापनि पूर्वाधार विकास, रोजगारी सिर्जना र दीर्घकालीन योजना अभावका कारण यसको विकासमा अवरोध भइरहेको छ । सरकारले स्थानीय समुदायसँग सहकार्य गर्दै  पर्यटन, कृषि र ऊर्जा क्षेत्रमा लगानी बढाउन सकेमा रुबि भ्याली धादिङ जिल्लाको मात्र नभई बागमती प्रदेशकै आर्थिक र सांस्कृतिक केन्द्रको रूपमा विकसित हुन सक्छ । कृषि र पशुपालन यहाँको अर्थतन्त्रको आधारस्तम्भ हो । आलु, मकै, गहुँ, जौ, उवा,  कोदो र सिमी मुख्य उत्पादन हुन् भने भेडा, गाई र चौंरी पालनबाट आम्दानी बढाउन सकिन्छ । यहाँका चौंरीका छुर्पी र याकका घ्यू प्रसिद्ध छन् । यार्सागुम्बा, निरमसी, चिराइतो, सतुवा जस्ता जडीबुटी र जलविद्युत् उत्पादनका लागि उपयुक्त नदीहरू पनि आर्थिक सम्भावनाका स्रोत हुन् । यदि स्थानीय स्रोतको सदुपयोग र सही योजनाबद्ध लगानी भयो भने कृषि, पर्यटन र खनिज स्रोतहरूलाई जोडेर आर्थिक विकासलाई तीब्र बनाउन सकिन्छ ।

 

 

तर, यी सम्भावनाहरूको उपयोग गर्नुअघि समाधान गर्नुपर्ने चुनौतीहरू प्रशस्त छन् । यातायात, स्वास्थ्य र शिक्षा पूर्वाधारको कमीले स्थानीय बासिन्दाको जीवनस्तर प्रभावित छ । धेरै गाउँमा अझै मोटरबाटो पुगेको छैन, पछिल्लो समय पुगे पनि यो मौसमी बाटोको रुपमा मात्र कायम छ । मुख्यतः वर्षा सुरु भएपछि यहाँको बाटो छैन जस्तै हुन्छ जसले कृषि उत्पादनको बजार पहुँच र पर्यटन विकासमा अवरोध पु¥याएको छ । पहिरो र भूकम्पजस्ता प्राकृतिक प्रकोपको जोखिम पनि यहाँका बासिन्दाको जीवनमा निरन्तर खतरा बनेको छ । साथै, रोजगारीको अभावका कारण युवाहरू विदेश पलायन हुन बाध्य छन्, जसले स्थानीय श्रमशक्ति र विकास सम्भावनामा कमी ल्याउँछ ।रुबिभ्याली गाउँपालिकामा प्रशस्त प्राकृतिक सम्पदा र सांस्कृतिक धरोहर भए तापनि पूर्वाधार विकास, रोजगारी सिर्जना र दीर्घकालीन योजना अभावका कारण यसको विकासमा अवरोध भइरहेको छ ।

 

 

सरकारले स्थानीय समुदायसँग सहकार्य गर्दै पर्यटन, कृषि र ऊर्जा क्षेत्रमा लगानी बढाउन सकेमा रुबि भ्याली धादिङ जिल्लाको मात्र नभई बागमती प्रदेशकै आर्थिक र सांस्कृतिक केन्द्रको रूपमा विकसित हुन सक्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउसद्वारा संचालित

    ओखर न्यूज डट कम, OkharNews.com

    कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ

    Email: [email protected]

    सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४

    सञ्‍चार रजिष्ट्ररको कार्यालय

    प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२

    अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल

    व्यवस्थापक – शारदा अधिकारी

    फोटो / सम्पादन – भिषण श्रेष्ठ