भारतको एससीबी अस्पतालको आईसीयूमा आगलागी हुँदा १० जना बिरामीको मृत्यु

मंगलबार, चैत्र ३, २०८२

theme

भारतको ओडिसा राज्यको कटक शहरस्थित एससीबी अस्पतालको आईसीयू वार्डमा आगलागी हुँदा कम्तीमा १० जना बिरामीहरूको ज्यान गएको छ ।

 

 

ओडिसाका मुख्यमन्त्री मोहन चरण माझीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरूले जनाएअनुसार ट्रामा आईसीयूमा विद्युत् सर्ट (शर्ट सर्किट) भएका कारण आगलागी भएको हो । घटनाको समयमा उक्त वार्डमा २३ जना बिरामी उपचाररत रहेका थिए। आगलागीपछि अन्य बिरामीहरूलाई तत्कालै सुरक्षित स्थानमा सारिएको अस्पताल प्रशासनले जनाएको छ ।

 

 

बिरामीहरूको उद्धार तथा नियन्त्रण प्रयासका क्रममा कम्तीमा ११ जना स्वास्थ्यकर्मी घाइते भएका छन्, जसमा केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

 

 

यस घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत पीडित परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ। साथै, मृतकका परिवारलाई क्षतिपूर्तिको घोषणा पनि गरिएको छ ।

 

अस्पतालजस्ता संवेदनशील स्थानमा बारम्बार हुने यस्ता घटनाले सुरक्षा व्यवस्थाप्रति गम्भीर प्रश्न उठाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल