ads

मोटरसाइकल चोरीको आरोपमा गजुरीका दुई युवक पक्राउ, एक जनाको साथबाट भरुवा बन्दुक बरामद

शुक्रबार, कार्तिक १४, २०८३

theme

धादिङको गजुरी गाउँपालिकामा मोटरसाइकल चोरीसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा गजुरी गाउँपालिका–८ मजुवा बस्ने १८ वर्षीय बुद्धि बमकाजी भन्ने सागर तामाङ र सोही गाउँपालिकाको सिउरेनी बस्ने २२ वर्षीय शिशिर तामाङ रहेका छन् ।

 

 

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गजुरी र अस्थायी प्रहरी पोष्ट आदमघाटबाट खटिएको प्रहरी टोलीले उनीहरूकै घर ठेगानामा गोप्य रूपमा खोजतलास गर्ने क्रममा दुवै जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार थप अनुसन्धानका क्रममा शिशिर तामाङविरुद्ध प्रहरी वृत्त कालिमाटी र थानकोट काठमाडौंमा चोरीसम्बन्धी मुद्दा दर्ता भई उनी फरार रहेको खुलेको छ । त्यस्तै, सागर तामाङविरुद्ध पनि प्रहरी वृत्त थानकोटमा चोरीसम्बन्धी मुद्दा दर्ता भएको पाइएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका दुवै जना यसअघि पनि चोरीसम्बन्धी कसुरमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ ।

 

 

पक्राउ परेका सागर तामाङको साथबाट सवारी दर्ता किताब नभएको बा.प्र.०२-०६७ प ७८१३ नम्बरको कालो निलो रङको २२० सीसीको पल्सर मोटरसाइकल र अवैध भरुवा जस्तो देखिने एक थान बन्दुकसमेत बरामद गरिएको छ । प्रहरीले बरामद मोटरसाइकल र बन्दुक नियन्त्रणमा लिएको जनाएको छ ।  पक्राउ परेका शिशिर तामाङलाई चोरीसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोट काठमाडौं पठाइएको छ ।

 

 

त्यस्तै, सागर तामाङमाथि हातहतियार तथा खरखजाना ऐन, २०१९ बमोजिमको कसुरमा इलाका प्रहरी कार्यालय गजुरी धादिङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल