धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं. १२ स्थित श्री पशुपति माध्यमिक विद्यालयमा बालबालिलाई अपराध र बालविवाहविरुद्धको सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङको सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी निरीक्षक प्रकाश दुबेले कक्षा १० र ११ मा अध्ययनरत विद्यार्थीहरू, शिक्षक तथा शिक्षिकालाई लक्षित गरी सञ्चालन गरिएको उक्त कार्यक्रममा बालबालिका माथि हुने हिंसा, मानव बेचबिखन,डिजिटल माध्यम मार्फत बढ्दो साइबर अपराध, अनलाइन दुव्र्यवहार,जस्ता गम्भीर विषयमा समाधानका उपायबारे सहभागीहरूलाई व्यवहारिक जानकारी प्रदान गरिएको थियो ।

श्री पशुपति माध्यमिक विद्यालयका व्यवस्थापन समितिको अध्यक्ष जयराम भण्डारीले आर्थिक, सामाजिक, सांस्कृतिक, कानुनी सचेतनाको कमी, सामाजिक सञ्जालको बढ्दो गलत प्रयोग लगायतको कारण बालविवाह भइरहेको भन्दै उहाँले बालविवाह न्यूनीकरणका लागि स्वयं बालबालिका सचेत हुन सक्दा पनि धेरै परिवर्तन हुन सक्ने बताउनुभयो । विद्यालयमा प्रहरीले सञ्चालन गर्ने विभिन्न कार्यक्रमले बालबालिकामा ज्ञान र चेतना वृद्धि भएको भन्दै धन्यवाद प्रकट गर्नुभएको थियो ।

श्री पशुपति माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण भण्डारीले नेपालमा पछिल्ला वर्षहरूमा डिजिटल पहुँच बढेसँगै साइबर अपराध मार्फत लैंगिक हिंसा बढी देखिन थालेको भन्दै विद्यालय स्तरमै सचेतना अभियान अपरिहार्य भएको उल्लेख गर्दै सुरक्षित इन्टरनेट प्रयोगका विधि सिकाउँदै लैंगिक हिंसा आफू–आफैँबाटै परिवर्तन सुरू गर्नुपर्छ भन्ने उहाँको भनाई थियो ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल