कङ्गो र युगान्डामा इबोला संक्रमण फैलिँदा ८८ जनाको मृत्यु

मंगलबार, जेष्ठ ५, २०८३

theme

कङ्गो र छिमेकी युगान्डामा फैलिएको इबोला संक्रमणका कारण कम्तीमा ८८ जनाको ज्यान गएको छ ।

 

 

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार हालसम्म ३०० भन्दा बढी शङ्कास्पद सङ्क्रमित फेला परेका छन् । डब्लुएचओले कङ्गो र युगान्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरिसकेको छ । संक्रमण फैलिने जोखिम बढेपछि अन्तर्राष्ट्रिय सहयोग र समन्वयका लागि दबाबसमेत बढेको छ ।

 

 

डब्लुएचओका अनुसार कङ्गोको उत्तरी किभु प्रान्तमा पनि शङ्कास्पद बिरामीहरू फेला परेका छन् । यस्तै, पूर्वी कङ्गोको ठूलो शहर गोमामा पहिलो पटक इबोला सङ्क्रमण पुष्टि भएको स्थानीय प्रशासनले जनाएको छ ।प्रयोगशाला परीक्षणबाट कङ्गोको राजधानी किन्शासामा समेत इबोला सङ्क्रमण पुष्टि भएको छ । किन्शासा प्रकोपको केन्द्र मानिएको पूर्वी इतुरी प्रान्तबाट झण्डै एक हजार किलोमिटर टाढा पर्छ । सङ्क्रमित व्यक्ति इतुरीबाट यात्रा गरेर राजधानी पुगेको अनुमान गरिएको छ । संक्रमण नियन्त्रणका लागि अफ्रिकास्थित विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय कार्यालयबाट ३५ जना विशेषज्ञको टोली इतुरी प्रान्तको राजधानी बुनियामा पुगेको छ । टोलीसँगै सात टन आपतकालीन औषधि तथा स्वास्थ्य सामग्रीसमेत पठाइएको जनाइएको छ ।

 

 

विश्व स्वास्थ्य सङ्गठनले इबोला संक्रमण थप फैलिन नदिन सतर्कता अपनाउन तथा प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल