धादिङमा ‘टेक यात्रा’को शुभारम्भ, एआईदेखि रोबोटिक्ससम्मका व्यावहारिक तालिम सञ्चालन

शुक्रबार, श्रावण १५, २०८३

theme

धादिङको नीलकण्ठ–३ मा स्थापना भएको टेक यात्रा प्रालि (Tech Yatra Pvt. Ltd.) ले आधुनिक प्रविधिमूलक सीप विकासका लागि विभिन्न व्यावहारिक तालिम आजबाट औपचारिक रूपमा शुभारम्भ गरिएको छ ।

 

 

संस्थाले “Journey with Technology” भन्ने नारासहित विद्यार्थी तथा युवालाई भविष्यमुखी प्रविधि शिक्षा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ ।नेपालमा बिस्तारै बढ्दै गएको एआई,रोबोटिक्स र प्रविधिको प्रयोग अपरिहार्य बन्दै गएकोछ, व्यवसायमा उपयोगी विभिन्न एआई उपकरणको प्रयोग,डिजिटल सामग्री निर्माण, डेटा व्यवस्थापन,व्यावहारिक ज्ञान सिक्ने र एक अर्कासँग अनुभव साट्ने अवसर पाउनेछन् । संस्थाले विद्यालयहरूसँग सहकार्य गर्दै STEM शिक्षाको विस्तार गर्ने योजना पनि अघि सारेको छ ।  यसअन्तर्गत पाठ्यक्रम समन्वय, शिक्षक तालिम, आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउने तथा विद्यार्थीको प्रविधिमूलक सीप विकासमा सहयोग गरिने जनाएको छ ।

 

 

संस्थाले Artificial Intelligence (AI), Robotics, Internet of Things (IoT), Arduino Programming, ESP32 Development, Python Programming, Electronics तथा Website Development लगायतका विषयमा प्रयोगात्मक (Hands-on) तालिम सञ्चालन गर्ने जानकारी दिएको छ । टेक यात्राका अनुसार तालिमहरू केवल सैद्धान्तिक नभई वास्तविक परियोजनामा आधारित (Project-Based Learning) हुनेछन्। अनुभवी प्रशिक्षकमार्फत प्रशिक्षण, प्रमाणपत्र, नवप्रवर्तन प्रयोगशाला (Innovation Lab) तथा रोबोटिक्स प्रतियोगितामा सहभागी हुने अवसरसमेत उपलब्ध गराइनेछ ।

 

 

 

विभिन्न तालिमका लागि भर्ना खुला गरिएको संस्थाले जनाएको छ ।  सीमित सिट रहेकाले इच्छुक विद्यार्थी तथा अभिभावकलाई समयमै सम्पर्क गरी नाम दर्ता गर्न आग्रह गरिएको छ । टेक यात्रा प्रालि को कार्यालय नीलकण्ठ नगरपालिका–३, धादिङ मा रहेको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल