ads

महालक्ष्मी सहकारीको २०औँ वार्षिक साधारण सभा तथा सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा चन्द्रप्रसाद तिमल्सिना निर्वाचित

शनिबार, आश्विन २४, २०८३

theme

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२, सल्यानटारस्थित महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २०औँ वार्षिक साधारण सभा तथा सातौँ अधिवेशन सम्पन्न भएको छ ।अधिवेशनबाट चन्द्रप्रसाद तिमल्सिनाको अध्यक्षतामा चार वर्षे कार्यकालका लागि नयाँ सञ्चालक समितिचयन गरेको हो ।

 

 

"आजको बचत भोलिको भविष्य" भन्ने मूल नाराका साथ संस्थाका अध्यक्ष चन्द्रप्रसाद तिमल्सिनाको अध्यक्षता तथा त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष राजु उप्रेतीको प्रमुख आतिथ्यतामा साधारण सभाको उद्घाटन गर्दै सहकारी क्षेत्रले स्थानीय स्तरमा उद्यमशीलता विकास र आर्थिक रूपान्तरणमा पुर्‍याएको योगदानको चर्चा गर्नुभयो । उहाँले सदस्यहरूको सानो-सानो पूँजीलाई एकीकृत गरी उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिँदै महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आर्थिक गतिविधिमा खेलेको भूमिका उदाहरणीय रहेको बताउनुभयो ।

 

 

सभामा संस्थाका अध्यक्ष चन्द्रप्रसाद तिमल्सिनाले प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गरेको छ। त्यसैगरी आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको वासलात, आय–व्यय विवरण, नगद प्रवाह विवरण तथा अनुमानित बजेटसम्बन्धी प्रस्तावसमेत पारित गरिएको छ ।

 

 

संस्थाका अनुसार २०८३ असार मसान्तसम्म संस्थाको सेयर पुँजी १ करोड १८ लाख ६४ हजार रूपैयाँ पुगेको छ। बचत निक्षेप दायित्व ४ करोड ८३ लाख ८५ हजार ५६१ रूपैयाँ रहेको छ, भने ऋण लगानी ६ करोड ४७ लाख ९२ हजार ५७० रुपैयाँ पुगेको छ । संस्थाको जगेडा कोषमा ५६ लाख ८५ हजार ६२४ रुपैयाँ रहेको जनाइएको छ । विभिन्न कारोबारसमेत गरी संस्थाले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म ७ करोड ३७ लाख ८७ हजार ६११ रुपैयाँ बराबरको कुल कारोबार गरेको छ । साधारण सभाको अवसरमा संस्थामा उत्कृष्ट योगदान पुर्‍याउने विभिन्न व्यक्ति तथा सेयर सदस्यहरूलाई सम्मान गरिएको छ ।  कार्यक्रममा उत्कृष्ट बचतकर्ता तीन जना, उत्कृष्ट ऋण कारोबार गर्ने तीन जना र उत्कृष्ट बाल बचतकर्ता तीन जनालाई सम्मान गरिएको थियो । त्यस्तै, साधारण सभाका अवसरमा एसईई परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने संस्थाका सदस्यका छोराछोरीलाई पुरस्कार तथा सम्मानसमेत गरिएको थियो ।

 

 

सातौं अधिवेशनको बन्द सत्रले आगामी ४ बर्ष कार्यकालका लागि श्री चन्द्रप्रसाद तिमल्सिनाको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।

 

 

समितिको उपाध्यक्षमा श्री पदम प्रसाद इटनी, सचिवमा श्री लोक बहादुर वि.क र कोषाध्यक्षमा श्री देबकी अधिकारी उप्रेती चयन हुनुभएको छ । यस्तै, कार्यसमिति सदस्यहरूमा श्री चीन काजी श्रेष्ठ, श्री शिव कुमार श्रेष्ठ , श्री सुमित्रा कडुवाल, श्री याङ्क प्रसाद पाठक र श्री राजेन्द्र इटनी रहनुभएको छ । त्यसैगरी, संस्थाको लेखा सुपरिवेक्षण समितिको संयोजकमा श्री राम प्रसाद इटनी तथा सदस्यहरूमा श्री रोजिता पाण्डे र श्री सुजाता शाह श्रेष्ठ चयन हुनुभएको छ । नवनिर्वाचित कार्यसमितिले बाँकी उपसमितिहरू र सल्लाहकारहरू छिट्टै चयन गर्ने संस्थाले जनाएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल