धादिङमा अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो खस्दा चार स्थानका सडक एकतर्फी यातायात सञ्चालन भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङले सार्वजनिक गरेको विवरणअनुसार शनिबार बिहानसम्म जिल्लाका चार स्थानमा लेदोसहितको पहिरो खसेर सडक खुलाउने तथा जोखिमयुक्त स्थानमा यातायात सहज बनाउने काम भइरहेको जनाएको छ । अवरुद्ध सडक सञ्चालनमा ल्याउन आवश्यक उपकरण, हेभी मेसिन तथा जनशक्ति परिचालन गरिएको छ । चारै स्थानमा लेदोसहितको पहिरो खसेका कारण सडक एकतर्फी यातायात अवरुद्ध भएको र अवरोध हटाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको छ ।

असोज १४ गते बिहान ९ बजेसम्मको विवरणअनुसार गजुरी गाउँपालिका–२ को परेवाभीर र चारिसे क्षेत्रमा सडक एकतर्फी सडक अवरुद्ध भएको छ । त्यसैगरी बेनीघाट रोराङ गाउँपालिका–७ को कृष्णभीर र वडा नं. १० को वासिङ क्षेत्रमा पनि पहिरो खसेर सडक सडक एकतर्फी अवरुद्ध भएको छ,गजुरी गाउँपालिका–२ को परेवाभीर क्षेत्रमा बिहान ८:१० बजेदेखि तथा चारिसे, बेनीघाट रोराङ–७ को कृष्णभीर र वडा नं. १० को वासिङ क्षेत्रमा बिहान ८:३० बजेदेखि सडक एकतर्फी अवरुद्ध भएको सशस्त्र प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक तुलबहादुर चौधरीले बताए ।

सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। पूर्ण रूपमा अवरुद्ध सडकखण्डमा यात्रा नगर्न तथा एकतर्फी वा आंशिक रूपमा सञ्चालनमा रहेका सडकमा स्थानीय प्रशासन, ट्राफिक प्रहरी र सडक विभागबाट जारी निर्देशन पालना गर्न पनि आग्रह गरिएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल