ads

आरूघाटको अस्पताल, विद्यालय र बाढी प्रभावितलाई १५ लाख बराबरको सामग्री

शुक्रबार, मंसिर १२, २०८३

theme

गोरखाको आरूघाटस्थित भीमोदय माध्यमिक विद्यालय र आरूघाट आधारभूत अस्पताललाई करिब १५ लाख रुपैयाँ बराबरका स्वास्थ्य तथा शैक्षिक सामग्री सहयोग उपलब्ध गराइएको छ ।

 


 

घ्याम्पेसलका स्थानीय मनोज गुरुङको समन्वय तथा अमेरिकास्थित एच.सी.ए. फ्लोरिडा बेयोनेट पोइन्ट अस्पतालको आर्थिक सहयोगमा उक्त सामग्री वितरण गरिएको हो। अस्पतालका निर्देशक डा. रविन पौडेलले मंसिर ८ गते आरूघाट आधारभूत अस्पताल र भीमोदय माध्यमिक विद्यालयमा पुगेर सामग्री हस्तान्तरण गरेका हुन् । पोखराका स्थायी बासिन्दा डा. पौडेल हाल अमेरिकाको फ्लोरिडा राज्यस्थित एच.सी.ए. फ्लोरिडा बेयोनेट पोइन्ट अस्पतालमा कार्यरत छन्। उनले आफ्नो कार्यरत अस्पतालको आर्थिक सहयोग तथा स्थानीय मनोज गुरुङको समन्वयमा स्वास्थ्य र शिक्षा क्षेत्रमा आवश्यक सामग्री उपलब्ध गराएका हुन् । सहयोगअन्तर्गत आरूघाट आधारभूत अस्पताललाई पाँच थान बेड, पाँच थान फर्म, १० थान स्ट्रेचर, सुगर तथा प्रेसर जाँच्ने मेसिन, प्राथमिक उपचारका सामग्री र विभिन्न औषधि प्रदान गरिएको छ। अस्पतालमा स्वास्थ्य सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन यी सामग्रीले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

 

 

त्यस्तै, भीमोदय माध्यमिक विद्यालयका विद्यार्थीलाई एक सय थानका दरले विद्यालय झोला, पेन्सिल, कलर, डटपेन तथा सेनिटरी प्याडलगायत शैक्षिक र आवश्यक सामग्री वितरण गरिएको छ। यसबाट विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुग्नुका साथै विशेषगरी छात्राहरूलाई आवश्यक सामग्रीको पहुँच सहज हुने विश्वास गरिएको छ । यसैगरी, बाढी प्रभावित परिवारलाई वितरण गर्ने उद्देश्यले ७० थान ब्ल्याङ्केटसमेत आरूघाट गाउँपालिकालाई उपलब्ध गराइएको छ ।

 

 

स्वास्थ्य, शिक्षा र विपद् प्रभावित समुदायलाई लक्षित गरी गरिएको यस सहयोगले स्थानीय अस्पतालको सेवा प्रवाह, विद्यार्थीको शैक्षिक गतिविधि तथा बाढी प्रभावित परिवारलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल