नेपालको इतिहासकै शान्तिपूर्ण चुनाव प्रतिनिधिसभा निर्वाचन

बुधबार, चैत्र ११, २०८२

theme

निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई नेपालको इतिहासकै सबैभन्दा शान्तिपूर्ण र विवादरहित चुनावका रूपमा मूल्याङ्कन गरेको छ ।

 

 

आज काठमाडौंमा आयोजना गरेको निर्वाचन आयोगमा बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभरका कुनै पनि मतदान केन्द्रमा झै–झगडा वा विवादका कारण पुनः मतदान गर्नुपर्ने अवस्था नआएको  निर्वाचन प्रक्रियालाई पारदर्शी, निष्पक्ष र विश्वसनीय बनाउन सबै पक्षले सहकार्य गरेका कारण कुनै पनि स्थानमा गम्भीर विवाद उत्पन्न भएन । यसले नेपालमा लोकतान्त्रिक अभ्यास थप सुदृढ हुँदै गएको सन्देश दिएको उहाँको भनाइ थियो । 

 

 

भण्डारीले अन्तर्राष्ट्रिय समुदायबाट समेत निर्वाचनको सकारात्मक मूल्याङ्कन प्राप्त भएको जानकारी दिनुभयो । विभिन्न अन्तर्राष्ट्रिय पर्यवेक्षण संस्थाहरूले प्रतिवेदनमार्फत निर्वाचन प्रक्रियाको प्रशंसा गर्दै चुनाव अवधिभर राजनीतिक दल, उम्मेदवार र मतदाताले देखाएको संयमको प्रशंसा गर्नुभयो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सहयोग पुर्‍याउने सम्पूर्ण सरोकारवाला पक्षप्रति आभार व्यक्त गर्नुभयो । उहाँले सुरक्षा निकाय, कर्मचारी, सञ्चारकर्मी, पर्यवेक्षक तथा आम मतदाताको सक्रिय सहभागिता बिना यस्तो उपलब्धि सम्भव नहुने उल्लेख गर्नुभयो ।

 

 

 

आयोगले आगामी दिनमा पनि यस्तै प्रकारको शान्तिपूर्ण र विश्वसनीय निर्वाचन परम्परा कायम राख्न सबै पक्षसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउसद्वारा संचालित

    ओखर न्यूज डट कम, OkharNews.com

    कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ

    Email: [email protected]

    सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४

    सञ्‍चार रजिष्ट्ररको कार्यालय

    प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२

    अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल

    व्यवस्थापक – शारदा अधिकारी

    फोटो / सम्पादन – भिषण श्रेष्ठ