नीलकण्ठ नगरपालिकाका - ३ धादिङबेसीमा रहेको एड्भान्स एकेडेमीले सोमबारदेखि २० औं बार्षिक सप्ताह खेलकुद सुरु भएको छ ।

एड्भान्स एकेडेमीका सञ्चालक समिति अध्यक्ष अर्जुन श्रेष्ठ (गोर्खाली) ,प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङ,भैरब गणका उप सेनानी श्रीजल गुरुड,नेपाल पत्रकार महासंघ धादिङका सचिव सन्तोष श्रेष्ठ लगाएतले संयुक्त रुपमा दीप प्रज्वलन गरी २०८३ को खेलकुद सप्ताहको उद्घाटन शुभारम्भ गर्नुभएको हो । विद्यार्थीहरूले मार्चपास, पिटी प्रदर्शन र स्वागत नृत्य समेत प्रस्तुत गरेका थिए ।

सप्ताहव्यापी कार्यक्रमको उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले एड्भान्स एकेडेमीले जिल्लामा छुट्टै पहिचान बनाएको बताउनुभयो ।उहाँले विद्यार्थीहरूको सर्वाङ्गिण विकासको लागि खेलकुद अपरिहार्य भएको बताउँदै खेलले मानव जीवनशैलीमा अनुशासित र गतिशीलता प्रदान गर्न महŒवपूर्ण भूमिका खेल्ने छ र विद्यालय तहमा खेलकुदको विकास हुन जरुरी रहेको भन्दै एड्भान्स एकेडेमीले तेक्वान्दोलाई आफ्नो छुट्टै पाठ्यपुस्तक बनाएर अध्यापन गराउने गरेकोमा धन्यवाद दिनुभयो । विद्यालय स्तरमा खेलकुदको विकास भए मात्रै खेलाडीहरु उत्पादन गर्न सकिने भन्दै अध्यक्ष तामाङले स्थानीय सरकार र विद्यालयहरु अझै खेलकुदले पढाई विग्रन्छ भन्ने मानसिकतामा रहेको बताउनुभएको छ ।

कार्यक्रममा नीलकण्ठ नगरपालिका वडा नं ४ का वडाध्यक्ष हरि बहादुर श्रेष्ठलेविद्यालय खेलाडी उत्पादन गर्ने एक स्रोत भएको भन्दै एड्भान्स एकेडेमीले खेलकुदलाई प्राथमिकतामा राखेकोमा बधाई दिनुभयो । प्रतियोगिताको मुख्य उद्देश्य छात्र तथा छात्रालाई शारीरिक तथा मानसिक रूपमा स्वास्थ्य राख्नु तथा उनीहरूमा रहेको प्रतिभालाई बाहिर ल्याउने प्लेटफर्मको सिर्जना गर्नु रहेको खेलकुद महोत्सव आवश्यक रहेको बताउनुभएको छ ।

एड्भान्स एकेडेमीका अध्यक्ष अर्जुन श्रेष्ठ (गोर्खाली)ले यस सप्ताहले विद्यार्थीहरुमा रहेको खेल मोहलाई उत्साहमा परिर्माजित गरि उनिहरुको खेल्ने कलाको पनि विकाश हुने बताउनु भयो,उहाँले श्रवण शक्ति कमजोर भएका विद्यार्थीहरुलाई विद्यालयले विभिन्न किसिमका सीप समेत प्रदान गर्दै आएको बताउनुभयो । बालबालिकाहरुको मानसिक अवस्था दुरुस्त राख्नको लागि खेलकूद अनिवार्य भएको बताउँदै विद्यालय परिवारले गरेको खेलकूद सप्ताहको प्रशंसा गर्नुभयो ।

विद्यालयले प्रत्येक वर्ष "खेलकुद सप्ताह" को आयोजना गर्ने गरेकोले नियमित प्रक्रियाकै रुपमा यो वर्ष पनि "खेलकुद सप्ताहको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल भीमबहादुर श्रेष्ठ जानकारी दिनुभयो । उहाँका अनुसार खेलकुद उत्सवमा छात्र र छात्राको गरी १ सय १ खेल हुने छ, खेल उत्सवमा प्ले ग्रुप देखि कक्षा १० सम्मका विद्यार्थीहरु सहभागी हुने र ३ सय ६२ वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल