ads

गजुरी रातमाटेका होल्डिङ सेन्टरमा स्वास्थ्य शिविर : ११४ जनाले लिए विशेषज्ञ स्वास्थ्य सेवा, १० जना थप उपचारका लागि रिफर

आइतबार, कार्तिक १६, २०८३

theme

भोटेकोसी–त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित भई अस्थायी आवासमा बसोबास गरिरहेका परिवारलाई लक्षित गर्दै धादिङको गजुरी गाउँपालिका–६ स्थित रातमाटे होल्डिङ सेन्टरमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

 

 

शिविरबाट ११४ जनाले विभिन्न विशेषज्ञ स्वास्थ्य सेवा लिएका छन् । सहयात्री समाज नेपालको आयोजना, इज्रा एडको सहयोग, गजुरी गाउँपालिकाको समन्वय तथा धादिङ अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरमा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अन्य बिरामीलाई लक्षित गरी विशेषज्ञ चिकित्सकसहितको टोलीले स्वास्थ्य सेवा प्रदान गरेको थियो ।

 


 

सहयात्री समाज नेपालकी कार्यकारी निर्देशक राधिका सापकोटाका अनुसार स्वास्थ्य सेवा लिनेमा ७३ जना महिला र ४१ जना पुरुष रहेका छन् ।  शिविरमा होल्डिङ सेन्टरमै बसोबास गरिरहेका ३५ जना बालबालिका तथा अपांगता भएका चार जनाले समेत स्वास्थ्य परीक्षण गराएका थिए । शिविरमा बालरोग, स्त्री तथा महिला रोग, सामान्य चिकित्सा, हाडजोर्नी, जनरल सर्जरी तथा दन्त परीक्षण सेवा उपलब्ध गराइएको थियो। त्यसैगरी भिडियो एक्सरे, ईसीजी, सामान्य प्रयोगशाला परीक्षण, मनोविमर्श तथा निःशुल्क औषधि वितरण सेवा पनि प्रदान गरिएको थियो । स्वास्थ्य परीक्षणका क्रममा थप उपचार आवश्यक देखिएका १० जना बिरामीलाई थप उपचारका लागि अन्य स्वास्थ्य संस्थामा रिफर गरिएको जानकारी दिनुभयो ।

 


 

धादिङ अस्पतालका डा. धर्मेन्द्र सापकोटाको नेतृत्वमा विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले शिविरमा सेवा प्रदान गरेको थियो। बाढी प्रभावित परिवारलाई आफ्नै बसोबासस्थल नजिक विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ । भोटेकोसी–त्रिशूली नदीमा आएको बाढीले घर तथा सम्पत्ति बगाएपछि रातमाटे होल्डिङ सेन्टरमा ३७ परिवार आश्रय लिएर बसिरहेका छन् । बाढीबाट विस्थापित यी परिवारका लागि अस्थायी बसोबाससँगै स्वास्थ्य उपचार, खाद्यान्न तथा अन्य आधारभूत आवश्यकता पूरा गर्नु अझै चुनौतीपूर्ण बनेको छ ।

 


 

बाढीबाट प्रभावित तथा विस्थापित परिवारलाई लक्षित गरी सञ्चालन गरिएको स्वास्थ्य शिविरले उनीहरूको स्वास्थ्य उपचारमा राहत पुर्‍याउनुका साथै अस्थायी आवासमा बसिरहेका नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिनसमेत सहयोग पुगेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल