ads

१३ स्थानीय तहको पहलमा ल्याइएको पन्टुन पुल फुर्केखोलामा, जडानको तयारी सुरु (तस्बिरहरु)

शुक्रबार, कार्तिक २१, २०८३

theme

भोटेकोशीमा आएको बाढीले धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पक्की पुल बगाएपछि अवरुद्ध बनेको सडक सम्पर्क पुनःस्थापना गर्न ल्याइएको अस्थायी पन्टुन पुल फुर्केखोलामा आइपुगेको छ ।

 

 

गत भदौ १० गते आएको भोटेकोशी बाढीले फुर्केखोलाको पक्की पुल बगाएपछि धादिङबेसी र पृथ्वी राजमार्गबीचको सडक सम्पर्क विच्छेद भएको थियो ।  पुल बगेसँगै स्थानीय बासिन्दा, यात्रु तथा मालवाहक सवारीसाधनले लामो र जोखिमपूर्ण वैकल्पिक बाटो प्रयोग गर्नुपरेको थियो ।  एम्बुलेन्ससमेत वैकल्पिक मार्गबाट आवतजावत गर्न बाध्य भएका थिए ।

 

 

धादिङका १३ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको संयुक्त पहल र सहकार्यमा बर्दियाको राजापुर सिँचाइ व्यवस्थापन कार्यालयअन्तर्गत रहेको पन्टुन पुल फुर्केखोलामा ल्याइएको हो । पुल फुर्केखोलामा आइपुगेपछि यसको प्राविधिक अवस्थाबारे स्थलगत निरीक्षणसमेत गरिएको छ ।  ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैका अनुसार अब पुलमा रङरोगन गर्ने काम सुरु गरिनेछ ।  प्राविधिक टोलीको निरीक्षणपछि आवश्यक तयारी पूरा गरी पुल जडानको काम अघि बढाइने उनले जानकारी दिएका छन् । " तिहारलगत्तै पुल सञ्चालनमा ल्याउने लक्ष्यसहित काम अघि बढाइएको छ ।  पुल जडान सम्पन्न भई यातायात सञ्चालनमा आएपछि फुर्केखोलामा पक्की पुल बगेसँगै अवरुद्ध बनेको धादिङबेसी र पृथ्वी राजमार्गबीचको सडक सम्पर्क पुनःस्थापित हुने अपेक्षा गरिएको छ ।"

 

 

पन्टुन पुल सञ्चालनमा आएपछि उत्तरी धादिङका स्थानीय बासिन्दा, बिरामी, यात्रु तथा व्यवसायीलाई आवतजावतमा ठूलो राहत पुग्ने विश्वास गरिएको छ । साथै, दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्री ढुवानी गर्ने सवारीसाधनलाई समेत सहज हुने अपेक्षा गरिएको छ ।

 

 

 

 

 

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल