ads

फुर्केखोला पुलका लागि पन्टुन ब्रिज हस्तान्तरण, ७ वटा मोटरबोटसहित सामग्री धादिङ प्रस्थान

बुधबार, कार्तिक १९, २०८३

theme

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले धादिङको फुर्केखोलास्थित पक्की पुल बगाएपछि अवरुद्ध सडक आवागमन सञ्चालनमा ल्याउन पन्टुन ब्रिज उपलब्ध गराउने प्रक्रिया अघि बढेको छ । यसका लागि बर्दियास्थित राजापुर सिँचाइ व्यवस्थापन कार्यालयले पन्टुन ब्रिजसहित आवश्यक सामग्री सहित धादिङलाई औपचारिक रूपमा हस्तान्तरण गरेको छ ।

 

 

ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनैका अनुसार बर्दियाको राजापुर सिँचाइ आयोजनाको मातहतमा रहेको ‘पन्टुन ब्रिज’ ७ वटा ठूला ट्रकहरू बर्दियाको राजापुरबाट धादिङतर्फ प्रस्थान गरिसकेका छन् । अबको दुई दिनभित्र उक्त  ट्रकहरू मलेखु आइपुग्ने छ,आइपुगेलगत्तै आवश्यक मर्मत, रंगरोगन तथा फिनिसिङको काम पूरा गरी तुरुन्तै फुर्केखोलामा जडान कार्य सुरु गरिने अध्यक्ष दनैले ओखर न्यूज डट कम लाई जानकारी दिनु भयो । "धादिङको सदरमुकाम तथा उत्तरी क्षेत्र जोड्ने राष्ट्रिय राजमार्गअन्तर्गत फुर्केखोलाको पुल बाढीले बगाएपछि सडक आवागमन अवरुद्ध हुनुका साथै सर्वसाधारणको दैनिक जनजीवन र मालसामान ढुवानीमा गम्भीर असर परेको थियो । स्थायी पुल निर्माण नभएसम्मका लागि अस्थायी रूपमा पन्टुन ब्रिज सञ्चालन गर्ने उद्देश्यले यो प्रक्रिया अघि बढाइएको अध्यक्ष दनैको भनाइ छ ।" 

 

तस्विर : पोषनाथ अधिकारी/पत्रकार

यसअघि धुनीबेँसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यको अध्यक्षतामा धादिङ जिल्लाका १३ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रतिनिधिहरूको विशेष बैठक सम्पन्न भएको थियो । सोही बैठकले पन्टुन ब्रिज धादिङ ल्याउने, यसको व्यवस्थापन गर्ने र प्राविधिक पक्ष मिलाउने लगायतका सम्पूर्ण प्रशासनिक तथा आर्थिक दायित्वहरू जिल्लाका सबै स्थानीय तहले साझा रूपमा व्यहोर्ने महत्त्वपूर्ण निर्णय गरेको थियो । राजापुर सिँचाइ आयोजनाको मातहतमा रहेको उक्त पुललाई स्थानीय तहको जिम्मामा ल्याएर सञ्चालन गर्नका लागि जलस्रोत तथा सिँचाइ विभागसँग आवश्यक समन्वय गरी धादिङलाई पन्टुन ब्रिज हस्तान्तरणमा पन्टुन ब्रिजको एक सेटसँगै ६ थान मोटरबोट तथा ब्रिज जडानका लागि आवश्यक सामग्री उपलब्ध गराइएको उल्लेख छ। यी सामग्री फुर्केखोलामा पन्टुन ब्रिज जडान तथा सञ्चालनका लागि प्रयोग गरिनेछन् ।

 

तस्विर : पोषनाथ अधिकारी/पत्रकार

पुल लिन धादिडबाट प्रतिनिधि सभा सदस्य उर्मिला थपलिया, नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगाना, ज्वालमुखी गाउँपालिका अध्यक्ष यमनाथ दनै,कान्तिपुर टेलिभिजनका उप सम्पादक पोषनाथ अधिकारीको टोली मंगलबार राजापुर पुगेको थियो ।

 

तस्विर : पोषनाथ अधिकारी/पत्रकार

 

फुर्केखोलामा पुल नहुँदा धादिङका उत्तरी क्षेत्रका स्थानीयवासी, यात्रु तथा व्यवसायीले लामो समयदेखि आवागमन र ढुवानीमा सास्ती खेप्दै आएका छन् । पन्टुन ब्रिज जडान हुन सकेमा स्थायी पुल निर्माण नहुँदासम्मका लागि आवागमन सहज हुने अपेक्षा गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल