शहरी क्षेत्रलाई व्यवस्थापन गर्न नीलकण्ठ नगरपालिकाले मेट्रिक ठेगाना प्रणाली (मेट्रिक एड्रेसिङ सिस्टम) को सुरुवात गरेको छ ।

नीलकण्ठ नगरपालिका क्षेत्रमा रहेका १६ हजार ३ सय ९१ घरधुरीमध्ये पहिलो चरणमा ३ हजार ८५० घरधुरीमा उक्त प्रणाली राख्ने कार्य सुरु गरिएको छ । पहिलो चरणमा नगरपालिकाको ३,४,८ र १२ मा यो कार्यक्रमको निजी घरमा नम्बर प्लेट लगाएर प्रणालीको सुरुवात गरेको छ,विस्तारै १४ वटै वडामा विस्तार गरिने छ ।

हाउस नम्बरिङ र रोड इन्फरमेसन बोर्ड सिस्टम मेट्रिक मापन एकाइमा आधारित भएकाले वैज्ञानिक छ उनले भने, यस प्रणालीअन्तर्गत सडक पहिचान गरेर सडकको सुरु बिन्दुबाट नाप गरी कति मिटरमा घरको दैलो पर्ने हो सोहीअनुसार नै घर नम्बर दिइन्छ । यसमा दायाँ–बायाँ क्रमशः जोर-विजोर नम्बर दिने गरिन्छ । बाटोको आमुन्ने-सामुन्ने वा दुईतर्फ पर्ने घर बराबर दूरीमा भए दायाँतिर जोर नम्बर र बायाँतिर बिजोर नम्बर दिइने गरेको पूर्व सल्लाहकार दिपक कोइरालाले ओखर न्यूज डट कमलाई जानकारी दिए ।

प्रविधिको विकाससँगै सबै सेवाहरू आधुनिक हुँदै गएकाले यस प्रणालीलाई प्रविधिसँंग जोडेर नगरवासीलाई सहजरूपमा सेवा उपलब्ध गराउने उद्देश्यले कार्य अगाडि बढाइएको र आपतकालीन अवस्थामा पनि घर नम्बरबाट तुरुन्तै घरको पहिचान हुने हुँदा दमकल,एम्बुलेन्स,टेलिफोन,विद्युत, खानेपानीलगायत सेवा दिनसमेत यस प्रणालीले सहयोग गर्छ,प्रहरीलाई आवश्यक पर्दा व्यक्तिको घरमा पुग्न सजिलो हुन्छ । यो प्रणाली जडान भएका घरघुरी र सडकको डिजिटल नक्सा तयार गरी राखिने भएकाले गुगल म्यापका आधारमा घर पहिचान गर्न सकिने नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुँगानाले बताए ।

नीलकण्ठ नगरपालिका आधुनिक, व्यवस्थित र स्मार्ट सिटीतर्फ अघि बढ्ने लक्ष्यमा एक कदम अगाडि बढेको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।
गुरास मिडिया हाउसद्वारा संचालित
ओखर न्यूज डट कम, OkharNews.com
कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ
Email: [email protected]
सम्पर्क फोन: ९८४१६५६५४४
सञ्चार रजिष्ट्ररको कार्यालय
प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२
अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल
व्यवस्थापक – शारदा अधिकारी
फोटो / सम्पादन – भिषण श्रेष्ठ