ads

हेटौँडा इन्डोर लिगको उपाधि याङ्ग्री ब्वाइजलाई

सोमबार, आश्विन २६, २०८३

theme

दशैँको अवसरमा माया स्पोर्ट्स सेन्टरको आयोजनामा भएको हेटौँडा इन्डोर लिग (Hetauda Indoor League) २०२६ को उपाधि याङ्ग्री ब्वाइजले जितेको छ। आइतबार सम्पन्न फाइनल खेलमा याङ्ग्री ब्याइजले आयोजक माया स्पोर्ट्स सेन्टरलाई २ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो ।


फाइनलमा पहिले ब्याटिङ गरेको माया स्पोर्ट्स सेन्टरले ९.४ ओभरमा २ विकेट गुमाउँदै ८७ रन बनाएको थियो। उसका लागि विशाल फुयाँलले २० बलमा ५० रनको उत्कृष्ट इनिङ्स खेले। उनले आफ्नो इनिङ्समा ६ छक्का प्रहार गरे। चौथो विकेटका लागि आशिम श्रेष्ठ र विशाल फुयाँलले २५ बलमा ५० रनको साझेदारी गरेका थिए । ८८ रनको लक्ष्य पछ्याएको याङ्ग्री बोयजले ९.४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। याङ्ग्री बोयजका सक्षम बास्ताकोटीले १५ बलमा २४ रन बनाए। उत्कृष्ट प्रदर्शन गरेका बास्ताकोटी म्यान अफ द म्याच घोषित भए ।


 


 

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा काठमाडौँ, वीरगञ्ज, चितवन, सर्लाही, बारा र हेटौँडालगायतका जिल्लाका १२ टोली सहभागी थिए। सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको थियो। प्रत्येक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गरेका थिए ।



 

प्रतियोगितामा व्यक्तिगत विधातर्फ माया स्पोर्ट्स सेन्टरका रोहित शर्मा बेस्ट ब्याट्सम्यान घोषित भए। उनले प्रतियोगिताभर कुल २०१ रन बनाए। माया स्पोर्ट्स सेन्टरकै रोहित ठाकुर बेस्ट बलर घोषित भए। उनले प्रतियोगितामा ७ विकेट लिए। यस्तै, याङ्ग्री बोयजका सुमित महर्जन म्यान अफ द सिरिज घोषित भए ।



 

प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई पुरस्कार वितरण गरिएको थियो। प्रदेश खेलकुद विकास परिषद्का दीपक लामा र राष्ट्रिय खेलाडी अनिल शाहले विजेता टोलीलाई मेडल, ट्रफी र चेक हस्तान्तरण गरेका थिए। उपविजेता टोलीलाई मकवानपुर क्रिकेट संघका पूर्वअध्यक्ष बासुलाल श्रेष्ठले मेडल, ट्रफी र चेक प्रदान गरेका थिए ।


 


 

प्रतियोगिताको विजेता याङ्ग्री बोयजले एक लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता माया स्पोर्ट्स सेन्टरले ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ ।

 



 

स्थानीयस्तरमा क्रिकेटको विकास, खेलाडीको प्रतिभा पहिचान र खेलकुदप्रति युवाको आकर्षण बढाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले मकवानपुरसहित विभिन्न जिल्लाका क्रिकेट टोलीलाई प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरेको आयोजका संचालक रबि धमालाले बताउनु भयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल