धादिङबेँसीमा एकीकृत पाठ्यक्रम कक्षा १–३ तथा सक्षमतामा आधारित पाठ्यक्रम कक्षा ४–५ सम्बन्धी पाठ्यक्रम प्रवोधीकरण र निरन्तर विद्यार्थी मूल्यांकन सम्बन्धी अभिमुखीकरण कार्यक्रम आईतबार समपन्न भएको हो ।

PABSON/NPABSON धादिङको आयोजनामा जिल्लाका निजी विद्यालयका शिक्षक, शिक्षिका तथा शैक्षिक क्षेत्रसँग सम्बन्धित कार्यक्रममा नेपाली, गणित, विज्ञान तथा प्रविधि, सामाजिक अध्ययन, अङ्ग्रेजी,सिर्जनात्मक कला तथा बिद्यार्थी मुल्यांकनका बिषयमा नयाँ पाठ्यक्रम कार्यान्वयन, निरन्तर विद्यार्थी मूल्यांकन प्रणाली, शिक्षण सिकाइ पद्धति तथा बालमैत्री शिक्षण विषयमा पाठ्यक्रम लेखक नवराज पाठकले सिकाई सहजिकरण गर्नु भएको थियो ।

कार्यक्रमको प्रायोजन त्रिपुरा पुस्तक पसल, धादिङबेँसीले गरेको थियो । कार्यक्रमले शिक्षकहरूको क्षमता अभिवृद्धि भई विद्यालयको शैक्षिक गुणस्तर सुधारमा टेवा पुग्ने विश्वास लिइएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल