नरसिंह धाम महामहोत्सवमा लाखौं भक्तजनको भीड, व्यवस्थापन चुनौतीबीच सुधारको माग

सोमबार, जेष्ठ ११, २०८३

theme

धार्मिक आस्था र श्रद्धाको केन्द्र बनेको नरसिंह धाम महामहोत्सवमा लाखौंको सङ्ख्यामा भक्तजनहरूको उपस्थिती भएपछि व्यवस्थापनमा ठूलो चुनौती देखिएको छ ।

 

 

अत्याधिक भीडका कारण आयोजक समिति, जनप्रतिनिधि, स्थानीय सामाजिक व्यक्तित्व तथा सुरक्षाकर्मीसमेत लाइ ब्यबस्थापनमा चुनौति बढेको छ दबाबमा भने विभिन्न अव्यवस्थाका घटनाले भक्तजनहरू समस्यामा परेका छन् । महामहोत्सव स्थलमा बिहानैदेखि भक्तजनहरूको भीड बढ्दै गएपछि मन्दिर परिसरदेखि रानीपौवासम्म सवारी साधनको लामो जाम लागेको छ । अत्यधिक भीड र नेटवर्क समस्याका कारण मोबाइल फोन समेत नलाग्ने अवस्था सिर्जना भएको भक्तजनहरुले बताएका छन् । जसका कारण आपत्कालीन अवस्थामा एक–अर्कासँग सम्पर्क गर्न समेत कठिन भएको छ ।

 

 

त्यसैगरी चर्को गर्मीका बीच पिउने पानीको अभाव हुँदा भक्तजनहरू थप समस्यामा परेका छन् । सामान्य खानेपानीसमेत सहज रूपमा खरिद गर्न नपाइएको गुनासो श्रद्धालुहरूले गरेका छन् । गर्मी र भीडका कारण मिनेट–मिनेटमा धेरै भक्तजन बेहोस हुने अवस्था देखिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । बिरामी परेका श्रद्धालुहरूलाई अस्पताल पुर्‍याउन एम्बुलेन्सको व्यवस्था गरिए पनि सडक जाम र भीडका कारण सहज रूपमा आवतजावत गर्न कठिन भएको जनाइएको छ । सामाजिक सञ्जालमा समेत महोत्सव व्यवस्थापन नभएको भन्दै विभिन्न भिडियो तथा गुनासाहरू सार्वजनिक भइरहेका छन् । विशेषगरी सवारी पार्किङको अव्यबस्थित , खानेपानीको अभाव, होटल तथा पसलहरूले अत्यधिक शुल्क असुलिरहेको विषयले सर्वसाधारणको ध्यान खिचेको छ । स्थानीयवासी तथा श्रद्धालुहरूले यस्ता गतिविधिले धार्मिक मेलाको गरिमामाथि मात्र नभई गाउपालिका र जिल्लाकै प्रतिष्ठामाथि प्रश्न उठाएको बताएका छन् ।

 

 

स्थानीय सरोकारवालाहरूले तत्काल कमजोरीहरूको पहिचान गरी विकल्पसहित समाधान खोज्न आग्रह गरेका छन् । विशेषगरी प्रसस्त मात्रामा खानेपानीको व्यवस्था, स्वास्थ्य सहायता केन्द्र थप विस्तार, भीड व्यवस्थापन, पार्किङ क्षेत्र छुट्याउने, सवारी आवागमनलाई व्यवस्थित बनाउने तथा होटल र पसलहरूको मूल्य अनुगमन गर्न माग गरिएको छ । त्यस्तै आयोजक समिति, पालिका, जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित निकायलाई तत्काल अनुगमन गरी मेला ब्य्बस्थित बनाउन आग्रह गरिएको छ । श्रद्धालु भक्तजनलाई सहज, सुरक्षित र सम्मानजनक वातावरण प्रदान गर्नु सबैको साझा दायित्व भएको भन्दै स्थानीयहरूले सेवा, सद्भाव र संस्कृतिको उदाहरण प्रस्तुत गर्दै महोत्सवलाई सभ्य, व्यवस्थित र भव्य बनाउन सबैलाई अपिल गरेका छन् ।

 

 

धार्मिक आस्था बोकेको यस्ता महोत्सवहरू केवल पूजा–आराधनामा सीमित नभई सामाजिक सद्भाव, संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धनसँग समेत जोडिने भएकाले व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आवश्यक देखिएको छ । भक्तजनहरूको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर आवश्यक पूर्वतयारी, अनुगमन र समन्वय बढाउन सके नरसिंह धाम महामहोत्सव अझ व्यवस्थित र सफल बन्ने स्थानीयको विश्वास छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल