धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटार फेदीमा रहेको नृसिंहधाम मेलाको आय–व्यय विवरण सार्वजनिक गरिएको छ ।

जेठ १ देखि ३१ गतेसम्म सञ्चालन भएको महामहोत्सवको आम्दानी तथा खर्च विवरण शनिवार पत्रकार सम्मेलन गर्दै मेलाबाट ४ करोड ४४ लाख ४२ हजार ८ सय ९९ रुपैयाँ आम्दानी भएकोमा त्यसबाट १ करोड ५३ लाख ८१ हजार ३५ रुपैयाँ खर्च र आम्दानीबाट सबै खर्च कटाएर नगद २ करोड ८८ लाख ६१ हजार ८ सय ६४ रुपैयाँ आम्दानी भएको त्यसैगरी स्थानीय निकायको प्रतिबद्ता रकम ४२ लाख ५ हजार रहेको नरसिंह धाम विकास संरक्षण मूल समितिका कोषाध्यक्ष बिष्णु हरि उप्रेतीले जानकारी दिए ।
महामहोत्सवको अवसरमा नेपालका शीर्ष व्यक्तित्वहरू सभामुख डोलप्रसाद अर्याल, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ, नेपाली कांग्रेसका सभापति गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहित संघीय र प्रदेश स्तरका मन्त्रीहरूले नृसिंहधामको दर्शन गर्नुभएको छ । साथै, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं नेकपा एमालेबाट निर्वाचित सांसद पुष्पराज कँडेलसहित धादिङ, गोरखा, नुवाकोट, चितवन, काठमाडौँ, ललितपुर र भक्तपुरबाट निर्वाचित सांसदहरूले पनि यस पटक नृसिंहधामको दर्शन गर्न आइपुगेको पीठाधीश डा. श्रीवास कृष्णदास ब्रह्मचारीले जानकारी दिनुभयो ।

अघिल्ला वर्षहरुमा खासै चर्चामा नरहेको धाम एकाएक चर्चामा आएसँगै धार्मिक पर्यटकको चहलपहल निकै बढेको छ । यो महामहोत्सव नेपालको इतिहासकै सबैभन्दा ठूलो धार्मिक उत्सव बन्यो । यहाँ अहिलेसम्म तीन सय विद्यार्थी राख्न मिल्ने गुरूकुल भवन, चार सयसम्मलाई खाना खुवाउन सकिने प्रसादी गृह, दुई सय जनालाई राख्न सकिने अतिथि आवास गृह, ४० ओटासम्म गाई पाल्न सकिने गौशालाका साथै भण्डार कक्षहरुको निर्माण सम्पन्न भइसकेको छ । नरसिंह धामलाई धार्मिक पर्यटनका लागि देशकै नमूना स्थल बनाउने योजनासहित काम गरिरहेको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले बताए ।

महामहोत्सवमा नेपालको पूर्वदेखि पश्चिमसम्मका भूभाग तथा म्यानमार, थाइल्याण्ड, भुटान, अस्ट्रेलिया र अमेरिकासहितका देशहरूबाट धार्मिक भक्तजनहरूको टोलीले नृसिंहधामको दर्शन गरे,चार पाङ्ग्रे र छ पाङ्ग्रे गरी एक लाख २४ हजार सवारी साधन भक्तजन बोकेर धाम क्षेत्रमा आइपुगेको अनुमानित छ । दुई दर्शनमा आइपुगेकामध्ये एक लाख ९८ हजार जनालाई निःशुल्क भोजन गराइएको छ भने ९३ हजार बोतल पानी निःशुल्क वितरण गरिएको नृसिंहधाम विकास मूल समितिका प्रबक्ता कुस बहादुर सिटौलाले ओखर न्यूज डट कमलाई जानकारी दिनुभयो ।
नृसिंहधाम विकास समितिका अध्यक्ष भुमी कंडेलले सबैको साथ सहयोगले महामहोत्सव सम्पन्न भएको बताए । धेरै कमी कमजोरी भएका छन् । सिकाइको रुपमा लिँदै आगामी दिनमा व्यवस्थित रूपमा महोत्सव गर्ने उनले बताए ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल