नीलकण्ठ–२ तल्लो भुल्भुलेमा खानेपानीको पाइप फुट्दा जमिन भासियो, करिब ४६ घर पहिरोको उच्च जोखिममा

शुक्रबार, श्रावण १, २०८३

theme

धादिङको नीलकण्ठ नगरपालिका–२ तल्लो भुल्भुले क्षेत्रमा खानेपानीको पाइप फुटेपछि जमिन भासिन थालेको छ,भने पहिरोको जोखिम बढ्दै जाँदा करिब दुई सय घरपरिवार प्रभावित भएका छन् भने विशेष गरी तल्लो भुलभुलेका ४६ घरपरिवार प्रत्यक्ष जोखिममा परेका छन् ।

 

 

वडा नं-२ ध्वजबहादुर गुरुङका अनुसार सदरमुकाममा वितरणका लागि ल्याइएको खानेपानीको पाइप फुटेर निस्किएको पानीका कारण जमिन चर्किने, माटो खस्ने र भासिने क्रम बढेपछि सो क्षेत्रका करिब दुई सय घरपरिवार प्रभावित भएका छन् भने विशेष गरी तल्लो भुलभुलेका ४६ घरधुरीका नागरिक त्रासपूर्ण अवस्थामा बस्न बाध्य भएका छन् । समयमै प्राविधिक रूपमा त्रुटि सच्याएर काम नगरिएका कारण अहिले लाखौंको सरकारी लगानी बालुवामा पानी हालेजस्तै गरी खेर गएको छ । हाल प्रयोग भइरहेको खानेपानीको मुख्य पाइप बस्तीभित्रबाटै लगिएकाले पटक–पटक फुट्ने र पानी जमिनभित्र पसेर माटो बगाउने समस्या देखिएकाले उक्त पाइप तत्काल हटाई व्यवस्थित रूपमा सडकको नालासँगै नयाँ लाइन विस्तार गर्न स्थानीयले माग रहेको वडाध्यक्ष गुरुङले बताए ।

 

 

पहिराले गाउँनै जोखिममा पारेको भन्ने जानकारी आएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले बताउनुभयो । ठूलो धन जनको क्षति नहोस् भनेर सतर्कता अपनाउन भनेको छु,जोखिम न्यूनीकरणका लागि नीलकण्ठ नगरपालिका, डिभिजन खानेपानी कार्यालय र धादिङबेसी खानेपानी मूल उपभोक्ता समितिसँग आवश्यक समन्वय गरी तत्काल जोखिम न्यूनीकरण, आवश्यक मर्मत–सम्भार तथा दीर्घकालीन समाधानका उपाय अघि बढाउने विषयमा छलफल भएको प्रजिअ गौतमले बताउनुभएको छ ।

 

 

स्थानीयवासीका अनुसार खानेपानीको पाइप बस्तीबाट नभई खोलाको किनार हुँदै लैजान सम्बन्धित निकायलाई पटक–पटक आग्रह गरिए पनि त्यसलाई बेवास्ता गर्दै बस्तीबाटै पाइप बिछ्याइएकाले अहिलेको समस्या उत्पन्न भएको हो । भुलभुले क्षेत्रमा गइरहेको पहिरो खसेर तल रहेको अरुङखोला थुनिन सक्ने खतरा समेत उत्तिकै बढेको छ ।

 

 

यदि पहिरोका कारण अरुङखोला थुनिएमा त्यसले तल्लो तटीय क्षेत्रमा ठूलो प्राकृतिक विपद् निम्त्याउन सक्ने भन्दै स्थानीयले गम्भीर चिन्ता व्यक्त गरेका छन् । समयमै आवश्यक कदम चालिएन भने थप वर्षासँगै ठूलो जनधनको क्षति हुन सक्ने भन्दै तत्काल पहल गर्न आग्रह गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल