जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्थान तोकेर निषेध आदेश जारी

सोमबार, फाल्गुण २६, २०८१

theme

जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्थान तोकेर निषेध आदेश जारी गरेको छ ।

आइतबार (फागुन २५)देखि महाराजगन्जस्थित राष्ट्रपतिको कार्यालय शीतलनिवाससहित लैनचौर, सिंहदरबार, बालुवाटार र संसद् भवन रहेको नयाँ बानेश्वर आसपास स्थान तोकेर मिति २०८१/११/२५ गतेदेखि लागु हुने गरी २ (दुई) महिनासम्मका लागि पाँचजनाभन्दा बढी व्यक्ति भेला/जम्मा भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको आदेशमा उल्लेख छ ।

विरोधका कार्यक्रमबाट सरकारी, सार्वजनिक एवम् व्यक्तिगत सम्पत्तिमा हानि–नोक्सानी र क्षति मूल्यांकनसम्बन्धी कार्यविधि, २०८१’ बमोजिम क्षतिको मूल्यांकन गरी आयोजकबाट नै त्यस्तो क्षतिपूर्तिबापतको रकम असुलउपर गराइने व्यहोरा समेत सम्बन्धित सबैमा स्मरण गराइएको छ,आदेशमा भनिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

33%

0%

33%

33%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल