लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्ज बाँके तथा जिल्ला प्रहरी कार्यालय दाङको संयुक्त टोलीले आलु बोकेको बोराभित्र लुकाएर ओसार–पसार गर्न लागिरहेको अवस्थामा २९ किलो ६९५ ग्राम चरेससहित तीन जनालाई पक्राउ पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा रुकुमपूर्व जिल्ला भुमे गाउँपालिका -२, खावाङ निवासी ४४ बर्षीय फर्कबहादुर घर्ती, सोही ठाउँ निवासी ५३ बर्षीय रुपधन घर्ती र सोही ठाउँ निवासी ६४ वर्षीय जुनबहादुर पुन छन्,गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले आलु बोकेको बोराभित्र लुकाएर चरेस ओसारपसार गर्न लागेको अवस्थामा लागुऔषध चरेससहित तीन जनलाई नियन्त्रणमा लिएको जानकारी दिए ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल