पाकिस्तानको बलुचिस्तान प्रान्तमा सशस्त्र लडाकुहरूले एउटा यात्रुवाहक रेलमा आक्रमण १ सय ५५ जना यात्रुको उद्धार,कारबाहीमा २७ जना लडाकू मारिए सुरक्षा अधिकारीहरूले बताएका छन् ।
अहिलेसम्म १ सय ५५ जना यात्रुको उद्धार भएको र सुरक्षा बलको कारबाहीमा २७ जना लडाकू मारिएका सेनालाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।
क्वेटाका एक वरिष्ठ रेल्वे अधिकारी मुहम्मद काशिफले रेलमा चार सयदेखि पाँच सय जना यात्रु रहेको बताउनुभएको छ । बन्धकहरूलाई मुक्त गर्न सेनाले कारबाही चलाइरहेको छ । यो अभियानमा सुरक्षाकर्मीहरूले हेलिकप्टर पनि प्रयोग गरेका छन् । समूहका लडाकुहरूले हिजो क्वेटाबाट पेशावर जान लागेको जफर एक्स्प्रेस रेलमा गोली प्रहार गर्दै यात्रुहरूलाई अपहरण गरेका थिए । बलुच लिबरेशन आर्मीले रेलमा रहेका धेरै यात्रु र सुरक्षा बलका कर्मचारीहरू आफ्नो नियन्त्रणमा रहेको दाबी गर्दै आफूहरूविरुद्ध कुनै कारबाही गरेमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल