नेकपा एमाले निकटको विद्यार्थी सङ्गठन अनेरास्ववियुका सचिव सञ्जीव धितालले ३२ वटा क्याम्पसमा स्ववियु अध्यक्ष निर्विरोध जितेको बताउनुभयो । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसङ्घबाट २८ वटा क्याम्पसमा अध्यक्ष निर्विरोध निर्वाचित भएका प्रवक्ता सुरज सेजुवालले जानकारी दिनुभयो । यस्तै नेकपा (माओवादी केन्द्र) को विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) बाट २१ जना स्ववियु अध्यक्ष निर्विरोध निर्वाचित भएका उपाध्यक्ष मदन ढकालले बताउनुभएको छ । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूले मकवानपुरमा रहेको मनहरी बहुमुखी क्याम्पसमा निर्विरोध अध्यक्ष प्राप्त गरेको छ । त्रिविबाट आङ्गिक ६२ सम्बन्धन प्राप्त १ हजार ४० वटा क्याम्पसमा आउँदो चैत ५ गते हुने गरी कल्याणकारी परिषद्ले निर्वाचन तालिका सार्वजनिक गरेको छ । यसैबीच नेविसङ्घकाे डा. शेखर कोइराला समूहले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको निर्वाचन कार्यालयमा आगजनी र तालाबन्दी गरेको छ । यस्तै नेविसङ्घले केन्द्रीय क्याम्पस कीर्तिपुरमा तालाबन्दी गरेको छ । यसैबीच रोल्पामा स्ववियु चुनावका लागि नेविसङ्घविरुद्ध अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले गठबन्धन गरेका छन् ।
आरआर क्याम्पसमा नेकपा एमाले र एकीकृत समाजवादीले स्ववियु निर्वाचनका लागि चुनावी तालमेल गरेका छन् ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।
गुरास मिडिया हाउसद्वारा संचालित
ओखर न्यूज डट कम, OkharNews.com
कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ
Email: [email protected]
सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४
सञ्चार रजिष्ट्ररको कार्यालय
बागमती प्रदेश द.नं : ००२७०/०७९-०८२
सूचना विभाग दर्ता नम्बर: ३९९६/०७९-०८२
अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल
व्यवस्थापक – शारदा अधिकारी
फोटो / सम्पादन – भिषण श्रेष्ठ