धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव अनिश्चितकालका लागि स्थागित

बिहीबार, फाल्गुण २९, २०८१

theme

धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको चुनाव अनिश्चितकालका लागि स्थगित भएको छ।

धादिङ जिल्लामा १२ वटा सामुदायिक क्याम्पस भएपनि नीलकण्ठ सहित ४ वटामा मात्रै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रकृया अघि बढेको छ थियो । धादिङवेशीमा रहेको निलकण्ठ बहुमुखी क्याम्पस जिल्लाकै सबैभन्दा धेरै विद्यार्थी रहेका क्याम्पस हो । जसमा ९ सय १३ जना विद्यार्थी भर्ना भएका तथ्याङ्क छ ।

निर्वाचन समितिका संयोजकले नै राजीनामा दिएपछि स्ववियु चुनाव स्थगित भएको हो,आन्तरिक कलहका कारण नेपाल बिद्यार्थी संघ धादिङको नामबाट अलग अलग जिल्ला समिति मार्फत गतिविधि सञ्चालन हुंदै आईरहेको छ । स्ववियू र्विाचनका लागि मंगलबार नेवि संघको दुई प्यानल दर्ता भएपछि नेविसंघ केन्द्रिय अध्यक्षले भवानी भट्टराईको प्यानल नै नेविसंघको आधिकारी प्यानल रहेको पत्र जिल्लामा पठाएका थिए ।नेपाल विद्यार्थी संघ केन्द्रीय दुजाङ शेर्पाले उम्मेदवारी मनोनयन पत्र दर्ताका क्रममा नेपाल विद्यार्थी संघ बाट भवानी भट्टराईको समूह नै नेपाल विद्यार्थी संघको आधिकारिक उम्मेदवार रहेको जानकारी पत्र जिल्लामा पठाएपछि नेविसंघ भित्रको द्धन्द्ध निर्वाचन समिति सम्म पुगेको हो ।

यही चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने प्रयोजनको लागि क्याम्पस सञ्चालक समितिवाट निर्वाचन समिति गठन भै निर्वाचनको प्रक्रिया अगाडी बढी रहेको अवस्थामा निर्वाचन समितिको संयोजक पदबाट फागुन २८ गते राजिनामा दिनुभएको कारण निर्वाचन समिति तथा शिक्षक कर्मचारीको बैठकको निर्णय साथै सञ्चालक समितिको अध्यक्षको निर्देशन बमोजिम सञ्चालक समितिको बैठकबाट अर्को निर्वाचन समिति गठन भई निर्वाचनको मिति तय नभएसम्मका लागि नीलकण्ठ बहुमुखी क्याम्पस, स्ववियु निर्वाचन २०८१ सम्बन्धी सम्पूर्ण प्रक्रिया हाललाई स्थगित गरिएको ब्यहोरा सूचित गरिन्छ,’ क्याम्पस प्रमुख नवराज शर्माले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

40%

0%

60%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल