नेपाल पत्रकार महासंघले लैंगिक फाेकल पर्सन र सूचना अधिकारी ताेक्याे

सोमबार, चैत्र ४, २०८१

theme

नेपाल पत्रकार महासंघ धादिङकाे ०८१ चैत ४ गते बसेकाे बैठकले पत्रकारकाे हक हित, तथा सुरक्षा, प्रेस स्वतन्त्रता लाेकतन्त्रकाे पुर्ण उपभाेगकाे आव्हान गर्दै विभिन्न निर्णय सहित सकिएकाे छ ।

नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीकाे अध्यक्षतामा बसेकाे बैठकले  सदस्यता नविकरणका लागि सदस्यहरुलाई अनुराेध गरेकाे छ । सदस्यहरुले कार्यालयमा सम्पर्क गरेर नविकरण गर्न सक्नेछन् । सबै सदस्यकाे सदस्यता समय चैत मसान्तमा सकिँदै छ ।  नेपाल पत्रकार महासंघ, धादिङ शाखाकाे सूचना अधिकारीमा सन्ताेषराज श्रेष्ठ, गुनासाे सुन्ने अधिकारी मा बद्री अधिकारी र लैंगिक सम्पर्क व्यक्ति (फाेकल पर्सन) अस्मिता पाेखरेललाई ताेकिएकाे निर्यण गरेकाे नेपाल पत्रकार महासंघका सूचना अधिकारी सन्ताेषराज श्रेष्ठले जानकारी दिनुभयाे । 

नेपाल पत्रकार महासंघ स्थापना दिवसकाे अबसरमा धादिङ शाखाले चैत १६ गते संचारकर्मी संचार संस्थाहरुसंग अन्तर्कृया गर्ने कार्यक्रम तय गरेकाे छ । नेपाल पत्रकार महासंघकाे जिन्सि अभिलेख दुरुस्त नदेखिएकाेले जिन्सि अभिलेख गर्नका लागि अनिल नेपालीलाई जिम्मेवारी दिईएकाे छ ।  नेपाल पत्रकार महासंघकाे कार्यालय नियमित संचालन गर्न कर्मचारी नियुक्त गरिएकाे छ ।  नेपाल पत्रकार महासंघका संस्थापक सचिव तथा पुर्व अध्यक्ष राजेन्द्र प्रताप शाहकाे शालिक निर्माणका लागिसाझेदारी गर्न अाब्हान समेत गरिएकाे छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल