काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ बोल्देस्थित गोरखनाथ सामुदायिक वनमा आइतबार राति ११ बजेदेखि आगलागी भएको छ ।
स्थानीय कमल नेपालका अनुसार उक्त वनमा २-३ किलोमिटर डढेलो फैलिएको रातिको समयमा डढेलो देखिएकाले नियन्त्रणका लागि सम्भव नभएकाले बिहान नियन्त्रणको तयारी भइरहेको बेथानचोक गाउँपालिका–३ का वडाअध्यक्ष कुबेर ढकालले जानकारी दिए । आगलागी भएको स्थान मानव बस्तीबाट टाढा रहेकाले हाललाई मानव बस्तीमा जोखिम भने देखिएको छैन । उनका अनुसार प्रहरी, जनप्रनितिनिधि, वन उपभोक्ता समिति, जनसमुदाय सबैलाई खबर गरिएको छ ।
स्थानीय र प्रहरी घटनास्थल पुगेर निभाउने प्रयास गरिरहेको र त्यहॅाको विस्तृत विबरण आउन बाँकी रहेको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल