बिशेष सुचनाको आधारमा यस इलाका प्रहरी कार्यालय गजुरी, धादिङबाट कार्यालय खटि गएको प्रहरी टोलीले २(दुई) वटा झोलाभित्र छुट्टाछुट्टै ३ वटा प्लाष्टिकको पोकामा ६ किलो ९०० ग्राम लागू औषध गाँजा सहित दुई जना पक्राउ परेका हुन् ।
धादिङबाट लागू औषधसहित २ जना धादिङ गजुरी गाँउपालिका वडा नं.२, चालिसे रातमाटे स्थित राक्सिङ चालिसे कच्ची सडकखण्डमा जिल्ला धादिङ गजुरी गाँउपालिका वडा नं.२, चालिसे रातमाटे स्थित राक्सिङ चालिसे कच्ची सडकखण्डमा जि.धादिङ गजुरी गाँउपालिका वडा नं.३ बस्ने बर्ष २४ को सुनिल तामाङले चलाई ऐ.ऐ.बस्ने बर्ष ३५ को दिल बहादुर तामाङ सवार भई आएको बा.९३ प ३३४० नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा निजहरुले साथमा बोकेको २ वटा झोलाभित्र छुट्टाछुट्टै ३ वटा प्लाष्टिकको पोकामा ६ किलो ९०० ग्राम लागू औषध गाँजा फेला परेकोले रितपुर्वक बरामद गरी निजहरुलाई पक्राउ गरी सम्मानित धादिङ जिल्ला अदालतबाट दिन-८ को म्याद थप अनुमती लिई अनुसन्धान कार्य भईरहेको ।

गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२
सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल