राजविराजमा आगलागी, लाखौंको क्षति

सोमबार, चैत्र ४, २०८१

theme

सप्तरी सदरमुकाम राजविराज नगरपालिकामा भएको आगलागीबाट लाखौंको क्षति भएको छ । 

नगरपालिकाको वडा नम्बर ६ खर्साल टोलमा सोमबार दिउँसो भएको आगलागीबाट एक फर्निचर उद्योग र तीन वटा घर जलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शर्माको रु ४ लाखभन्दा बढी र यादवको रु ८ लाखभन्दा बढीको सम्पत्ति आगोमा जलेर नष्ट भएको छ । स्थानीय दुबीलाल यादवको घरमा विद्युत सर्ट भई लागेको आगोले उनको तीन घर जलेको छ । उक्त आगोले छिमेकी सुरेश शर्माको फर्निचर उद्योग जलेर नष्ट भएको छ । दुबीलालको घरसहित नगद रु ५० हजारसहित गरगहना, लत्ताकपडा, खाद्यान्न सबै जलेर नष्ट भएको छ । आगोले शर्माको फर्निचर उद्योगमा राखिएका लाखौंको काठ र फर्निचर तथा काठ चिरान गर्ने दुई वटा मेशिन समेत जलेर नष्ट भएको उनले बताएका छन् । 

आगोलाई स्थानीय बासिन्दा, प्रहरी र दकमलको सहयोगमा निभाइएको छ । 


 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल