सुबास कुमाल,सल्यानटार
त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ ले आज शारीरिक अपाङ्गता भएका व्यक्ति र ६८ वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई सम्मान संगै सहायता सामग्री वितरण गरेको छ ।
५ नम्बर वडाको सभाहलमा सम्पन्न कार्यक्रममा ३ सय ६० जनालाई सामाग्री वितरण र ५ नम्बर वडामा सबैभन्दा ज्येष्ठ १०२ वर्षिया बाटुली गिरीलाई उहाँको घरमा नै पुगेर सम्मान तथा सहायता सामाग्री हस्तान्तरण गर्दै प्रमुख अतिथि पालिकाका उपाध्यक्ष देवराज धरेलले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । ५ नम्बर वडाको चिसापानी स्वास्थ्य इकाई, सुनपोखरी सामुदायिक भवन, पिप्ले खोप केन्द्र, र वडा कार्यालय गरि ४ ठाउमा कार्यक्रम सञ्चालन भएको कार्यक्रममा ज्येष्ठ नागरिकको स्वास्थ्य जाच गरि आवश्यक औषधी समेत वितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै पालिकाका उपाध्यक्ष देवराज धरेलले स्थानीय सरकार सधै नागरिकको पक्षमा रहेको बताउनुभयो । यस्तै पाच नम्बर वडाका अध्यक्ष कुसबहादुर सिटौलाले वडाका बालबालिका, महिला, ज्येष्ठ नागरिक साथै असाहयको साथमा आफु र वडा सधै कटिबद्ध रहने बताउनुभयो ।



गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल