२५ करोड रुपैयाँ बराबरको अवैध विदेशी रकम सहित एक जना पक्राउ

मंगलबार, चैत्र ५, २०८१

theme

उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरे नेतृत्वको टोलीले ट्रक चेकजाँच गर्दा काठमाण्डाैको टोखा नगरपालिकामा रहेको झोर क्षेत्रबाट २५ करोड १९ लाख बराबरको युरो र अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् ।

ड्राइभर सिट ‘वोनेट’ भन्दा माथि फल्स बटम बनाएर लुकाएको अवस्थामा ना ७ ख १६५२ नम्बरको ट्रकमा विदेशी मुद्रा लुकाएर लाँदै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोककाे भाेटेकाेशी गाउँपालिका–१ का ४३ वर्षीय कुसाङ लामालाई पक्राउ गरेको र पक्राउ परेको विदेशी मुद्रा नेपालीमा कन्भर्ट गर्दा २५ करोड १ लाख ६० हजार ३३८ रुपैयाँ हुन आउने प्रहरीले जनाएको छ । 

पक्राउ परेका लामालाई प्रहरीले राजश्व अनुसन्धान विभाग हरिहर भवनमा बुझाइसकेको छ । अब विभागले उनीमाथि अनुसन्धान गरेर मुद्दा चलाउने छ ।उनीमाथि राजस्व छली तथा विदेशी मुद्राको कारोबार गरेको हुँदा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अन्तर्गत मुद्दा चल्ने बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल