कर्णाली प्रदेशमा हुने १०औँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक

बुधबार, चैत्र ६, २०८१

theme

ललितपुरको सातदोबाटोमा रहेको अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित कार्यक्रममा कर्णाली प्रदेशमा हुने १०औँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सार्वजनिक गरिएको छ ।

कर्णाली प्रदेशमा पाइने दुर्लभ जनवार हाबे्र (रेड पाण्डा) लाई मस्कटका रुपमा प्रयोग गरिएको छ । मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भनिएको १०औँ राष्ट्रिय खेलकुदको मिति पटक पटक सर्दै आएको छ । पछिल्लोसमय २०८२ जेठ ३ देखि १० गतेसम्म राष्ट्रिय खेलकुद आयोजना गर्ने तय भएको छ । राष्ट्रिय खेलकुदको लोगोमा कर्णाली नदी, नेपालको झण्डा, सात प्रदेश र खेलाडी, हिमाल, पहाड र तराई तथा शान्तिको प्रतिक परेवा समेटिएको छ ।लोगो र मस्कट विकास तमखुले तयार गरेका हुन् । 

 

 

विविध कारणले १०औँ राष्ट्रिय खेलकुद मिति सरे पनि अब तोकिएको समयमा नै राष्ट्रिय खेलकुद हुने उनको भनाइ छ । लोगो र मस्कट सार्वजनिक भएसँगै राष्ट्रिय खेलकुदको तयारी तीव्र पार्न मन्त्री चौधरीले निर्देशन दिए । मन्त्री चौधरीले खेल र खेलाडीको विकासका लागि मन्त्रालय सदैव प्रतिबद्ध हुने भन्दै आगामी वर्ष खेलकुद क्षेत्रको बजेट बढाउनका लागि पहल भइरहेको र खेलकुद मन्त्रालय र राखेपबीच विवाद नहुनेगरी काम गर्न समेत निर्देशन दिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउसद्वारा संचालित

    ओखर न्यूज डट कम, OkharNews.com

    कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ

    Email: [email protected]

    सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४

    सञ्‍चार रजिष्ट्ररको कार्यालय

    प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२

    अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल

    व्यवस्थापक – शारदा अधिकारी

    फोटो / सम्पादन – भिषण श्रेष्ठ