भोली देखि एसईई शुरु हुने,धादिङबाट ५ हजार ४ सय ७५ जना विद्यार्थी सहभागी हुँदै

बुधबार, चैत्र ६, २०८१

theme

यस बर्षको माद्यमिक शिक्षा परीक्षा (एसईई) भोली देखि शुरु हुने पहिलो दिन बिहान ८ बजेदेखि ११ बजेसम्म अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने छ । 

शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रमुख भूमिलाल शर्मा सुवेदीका अनुसार यो वर्ष धादिङबाट कुल ५ हजार ४७५ जना विद्यार्थी सहभागी हुँदै,परीक्षाका लागि जिल्लाभर २४ वटा केन्द्र तोकिएको छ, एसईई परीक्षामा धादिङका सामुदायिक १ सय ३४, संस्थागत १८ र प्राईभेट २ वटा बिद्यालयबाट नियमिततर्फ ४ हजार ३ सय ४७, प्राविधिकतर्फ १ सय ६४, ग्रेड वृद्धितर्फका ९ सय ३२ र खुल्ला तर्फ ३२ जना  एसईईमा सहभागी हुने छन् । 

इकाईले एसइई परीक्षालाई निष्पक्ष, मर्यादित, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नमा सहयोग पुर्‍याउन बिद्यार्थी, अभिभावक, शिक्षक तथा सरोकारवाला सबैमा आग्रह समेत गरेको छ । परीक्षालाई भयरहित,मर्यादित र व्यवस्थित बनाउन केन्द्राध्यक्षहरुलाई आवश्यक तालिमका साथै निर्देशन दिईसकिएको इकाई प्रमुख सुवेदीले वताउनुभयो ।

परीक्षामा २४ जना केन्द्राध्यक्ष, ४३ जना सहायक केन्द्राध्यक्ष, २ सय ७५ जना निरीक्षक, ५६ जना परीक्षा सहायक र ३ सय ६० जना सुरक्षाकर्मी र ११० जना सहयोगी कर्मचारी समेत गरी जिल्लाभर ८ सय ७५ जना मानविय जनशक्ती प्रत्यक्ष परिचालन गरिने जनाईएको छ । 

गतवर्ष धादिङबाट ४ हजार ८९० जना विद्यार्थीहरुले परिक्षा दिएका थिए । जसमा २ हजार ३५६ जना उतिर्ण हुँदा भने २ हजार ५३४ जना अनुतिर्ण भएका थिए ।

चैत ७ देखि शुरु हुने परीक्षा चैत १९ सम्म सञ्चालन हुनेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल