धादिङको नीलकण्ठ क्याम्पसकाे स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी

बिहीबार, चैत्र ७, २०८१

theme

धादिङको सदरमुकाममा रहेको निलकण्ठ बहुमुखि क्याम्पसमा भने अखिल क्रान्तिकारी निलकण्ठ ईकाई र अनेरास्ववियुले स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गरिएको छ ।

विद्यार्थीहरूको आवाज दबाउने प्रयास गरिएमा हामी थप सशक्त संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनी र क्याम्पस प्रशासनले वेवास्ता गर्दै पुरानै समितिलाई मान्यता दिने गरि संगठनकाे काम कार्वाहि अगाडि वढाएकाे र निर्वाचनकाे कुनै पनि प्रकृया अगाडि नवढाएकाेले आफुहरूले तालावन्दि गर्नु परेकाे अखिल क्रन्तिकारी धादिङका अध्यक्ष श्रीकृष्ण रिजालले वताए ।

क्याम्पस प्रशासनबाट गरिएका गतिविधि सच्याउन र भय रहित एवम् निष्पक्ष वातावरणमा निर्वाचन गराउन जिम्मा लिनुपर्ने र वर्तमान निर्वाचन समिति भंग गरी नयाँ निर्वाचन समिति गठन गर्नुपर्ने माग राखेको छ,दुवै विद्यार्थी संगठनहरूले एक प्रेस विज्ञप्ती जारी गर्दै आफ्ना मागहरू सम्वाेधन नभए र विद्यार्थीहरूको आवाज दबाउने प्रयास गरिएमा थप सशक्त संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने उल्लेख गरेकाे छ।

संयुक्त प्रेश विज्ञप्ति
शिक्षा क्षेत्रको सुधार, विद्यार्थी हकहितको संरक्षण र लोकतान्त्रिक अधिकारको संस्थागत विकासका लागि नामो संघर्ष गर्दै आएका अखिल (क्रान्तिकारी) र अनेरास्ववियु नेपालको अग्रणी विद्यार्थी संगठनहरू हुन्।
यी संगठनहरूले सधै विद्यार्थीहरूको आवाज बुलन्द गर्दै आएको कुरा सबैमा सर्वाधिक नै छ तर हाल नीलकण्ठ बहुमुखी क्याम्पसमा भइरहेको अन्यायपूर्ण गतिविधिप्रति हाम्रो गम्भीर आपत्ति रहेको छ ।

त्रिभुवन विश्वविद्यालयद्वारा जारी स्ववियु निर्वाचन निर्देशिका, २०८१ अनुसार चैत ५ गते नै स्ववियु निर्वाचन सम्पन्न गर्नुपर्ने हाम्रो स्पष्ट माग रहदै आएको छ। तर, क्याम्पस प्रशासनको लापरवाही र नियोजित चलखेलका कारण तोकिएको समयमा निर्वाचन हुन सकेको छैन ।

त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचनसम्बन्धि निर्देशिका २०६१ को दफा १६ को ४ अनुसार विभुवन विश्वविद्यालय स्व.वि.यु निर्वाचन २०५१ सम्पन्न भएको वा नभएको दुवै अवस्थामा २००९ मा निर्वाचित स्व.वि.यु कार्य समितिको कार्यकाल २०८१ चैत्र ४ गतेदेखि स्वतः समाप्त भएको मानिने उल्लेख भएकाले २०७९ सालको स्ववियु निर्वाचनबाट चयन भएको कार्य समिति चैत ४ गते नै स्वतः विघटन भइसकेको कानूनी व्यवस्था छ । तर, क्याम्पस प्रशासनले यसलाई बेवास्ता गर्दै विद्यार्थीहरूको लोकतान्त्रिक अधिकार हनन गर्ने कार्य गरिरहेको छ । कुनै संगठन वा दल विशेषको प्रभावमा प्रशासन सञ्चालन हुनु अत्यन्तै निन्दनीय छ। यसै सन्दर्भमा हाम्रो विविध मागहरु छन ।

विद्यार्थी संगठनहरूको संयुक्त माग :
१. विद्यार्थीहरूको लोकतान्त्रिक अधिकार कुण्ठित गर्ने कुनै पनि कदम स्वीकार्य हुने छैन ।
२. क्याम्पस प्रशासन कुनै संगठन वा पार्टीको स्वार्थमा नचलाेस् ।
३. २०७९ सालको स्ववियु कार्यसमिति स्वतः विघटन भइसकेको कारण प्रशासनले त्यसलाई मान्यता नदेओस् ।
यसै सन्दर्भमा, अखिल (क्रान्तिकारी) र अनेरास्ववियुले स्ववियु कार्यकक्षमा तालाबन्दी गरेका हाम्रो माग पूरा नभएसम्म हामी कुनै पनि हालतमा यो निर्वाचन प्रक्रियामा सहभागी हुने छैनौ। यदि विद्यार्थीहरूको आवाज दबाउने प्रयास गरिएमा हामी थप सशक्त संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुनेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

100%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • Okhar News Logo

    गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउसद्वारा संचालित

    ओखर न्यूज डट कम, OkharNews.com

    कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ

    Email: [email protected]

    सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४

    सञ्‍चार रजिष्ट्ररको कार्यालय

    बागमती प्रदेश द.नं : ००२७०/०७९-०८२

    सूचना विभाग दर्ता नम्बर: ३९९६/०७९-०८२

    अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल

    व्यवस्थापक – शारदा अधिकारी

    फोटो / सम्पादन – भिषण श्रेष्ठ