चीनको तातोपानी नाका हुँदै काठमाडौं गइरहेका दुई मालवाहक ट्रक कन्टेनरबाट बाह्रबिसे र लामोसाँघुमा गरी २१ लाख रुपैयाँ बराबरको विद्युतीय चुरोट (भेप) तथा केही मोबाइल प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक सुमेश पाण्डेका अनुसार तातोपानी नाकाबाट भन्सार प्रक्रिया पूरा गरी काठमाडौं गइरहेका दुई कन्टेनरमध्ये ना ६ ख ५४९६ नम्बरको कन्टेनरलाई बाह्रबिसेको खुर्सानीबारी बजारमा जाँच गरिएको थियो । सो क्रममा सिटमुनी लुकाइएका ७४० वटा भेप र तीन वटा मोबाइल फेला परेको पाण्डेले जानकारी दिनुभयो । प्रारम्भिक अनुमान अनुसार बरामद भेप झन्डै २२ लाख २० हजार रुपैयाँ बराबरको रहेको छ। चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। जम्मा २५ लाख ५२ हजार बराबरको सामान रहेको तथ्यांक प्रहरीले सार्वजनिक गरेको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल