चीनको तातोपानी नाका हुँदै काठमाडौं गइरहेका दुई मालवाहक ट्रक कन्टेनरबाट बाह्रबिसे र लामोसाँघुमा गरी २१ लाख रुपैयाँ बराबरको विद्युतीय चुरोट (भेप) तथा केही मोबाइल प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक सुमेश पाण्डेका अनुसार तातोपानी नाकाबाट भन्सार प्रक्रिया पूरा गरी काठमाडौं गइरहेका दुई कन्टेनरमध्ये ना ६ ख ५४९६ नम्बरको कन्टेनरलाई बाह्रबिसेको खुर्सानीबारी बजारमा जाँच गरिएको थियो । सो क्रममा सिटमुनी लुकाइएका ७४० वटा भेप र तीन वटा मोबाइल फेला परेको पाण्डेले जानकारी दिनुभयो । प्रारम्भिक अनुमान अनुसार बरामद भेप झन्डै २२ लाख २० हजार रुपैयाँ बराबरको रहेको छ। चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। जम्मा २५ लाख ५२ हजार बराबरको सामान रहेको तथ्यांक प्रहरीले सार्वजनिक गरेको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।
गुरास मिडिया हाउसद्वारा संचालित
ओखर न्यूज डट कम, OkharNews.com
कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ
Email: [email protected]
सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४
सञ्चार रजिष्ट्ररको कार्यालय
प्रेस काउन्सिल द.नं. - ४७२१/०८१-०८२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं. - ००२८०/०८१-०८२
अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल
व्यवस्थापक – शारदा अधिकारी
फोटो / सम्पादन – भिषण श्रेष्ठ