कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि र किसानको सम्मानले मात्र मुलुकको कृषि क्षेत्रको सुधार हुने वताउनु भएको छ ।
ईलामको रोङ गाउँपालिकाले आयोजान गरेको गुरु किसान घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले गाउँपालिकाले अघि सारेको काम सराहनीय रहेको र यस खालका कार्यक्रमहरुलाई संघीय सरकारले पनि स्वामित्व लिनु पर्ने उल्लेख गर्नुभयो । स्थानीय सरकारले कृषि उत्पादन विकासका लागि ल्याएका नयाँ अवधारणाहरुको सिको सबैले गर्न जरुरी रहेको मन्त्री अधिकारीले उल्लेख गर्नु भयो । कृषिमा ज्ञान र प्रबिधी हस्तान्तरण महत्त्वपूर्ण हुने भएकाले यस्का लागि गुरु किसानको अवधारणा उपयुक्त हुने विश्वास मन्त्री अधिकारीले गर्नुभयो । सरकार आगामी आर्थिक वर्षको वजेट निर्माणमा लागीरहेको र आफुले कृषि र किसानको हित हुने कार्यक्रम समाबेश गर्न पहल गरीरहेको मन्त्री अधिकारीले वताउनुभयो ।

सिमित बजेटका बिच प्रतीफल बढी आउने गरि कार्य गर्नु पर्ने अहिलेको बाध्याताका विच तिनै तहका सरकारको सहकार्य जरुरी छ मन्त्री अधिकारीले भन्नुभयो । सो अवसरमा मन्त्री अधिकारी र कोशी प्रदेशको कृषि सहकारी तथा भुमीव्यवस्था मन्त्री खगेन्द्रसिं लिम्बुले संयुक्तरुपमा गाउँपालीकाले निर्माणगरेको कृषि प्रशोधन केन्द्रको पनि उदघाट्न गर्नुभयो । केन्द्रमा गुन्द्रुक बनाउन आवश्यक उपकरणहरु रहेका छन । गाउँपालिकाले गुन्द्रुकलाई ब्रान्डिङ गरि बजारमा लैजाने जनाएको छ ।
गाउँपालीकाले १ सय २१ किसानलाई गुरु किसान घोषणा गर्दै परिचय पत्र समेत प्रदान गरेको छ ,उनिहरुले स्थानीय किसानहरुलाई खेती र प्रबिधी सिकाउने गाउँपालीकाले जनाएको छ ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल