जनता परिक्षित नरसिंह अधारभूत विद्यालयलाई पालिकाकै पहिलो तिन तारे घोषणा

शुक्रबार, चैत्र ८, २०८१

theme

बर्दियाको गेरुवा गाउँपालिका–५ सरखोलमा रहेको जनता परिक्षित नरसिंह अधारभूत विद्यालयलाई पालिकाकै पहिलो तिन तारे विद्यालय घोषणा गरिएको छ । 

लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले 
विद्यालय ३ तारे विद्यालय घोषणा गर्दै यसवाट विद्यालयको शिक्षण सिकाई र सरसफाईमा सकारात्मक प्रभाव पार्ने बताउनु भयो । उहाँले  विद्यालयहरूलाई तिन तारे घोषणा गरेर मात्र नहुने बताउँदै यसको दिगोपनका लागि सरोकारवालाहरु सबै जिम्मेवार भएर लाग्नु पर्ने बताउनु भयो । विद्यालयले खानेपानी, सरसफाइ तथा स्वच्छता सम्वन्धी १० वटा सुचक पुरा गरेपछि गेरुवा गाउँपालिका समन्वयमा वास गेन्स परियोजनाको सहयोगमा शुक्रवार एक कार्यक्रमका बिच तिन तारे विद्यालय घोषणा गरिएको हो ।  

 

 

गेरुवा गाउँ पालिकाले विद्यालयले खानेपानी, सरसफाइ तथा स्वच्छता सम्वन्धी कार्यविधि नै निर्माण गरेको छ । कार्यविधिमा  खानेपानी, शौचालय, सफा, स्वच्छ तथा हरीयाली वतावरण, खानाको स्वच्छता, स्वच्छता सुविधा, स्वच्छता शिक्षा, महिनावारी स्वच्छता व्यवस्थापन सुविधा, संस्थागत व्यवस्था र दिगोपना, विपत जोखिम व्यवस्थापन र अनुगमन तथा जवाफदेहिता सहितका १० वटा सुचक राखिएका छन् ।

विद्यालयको स्वमुल्याङ्कन र अनुगमन समेतवाट  तिन तारे विद्यालय घोषणा गर्नको लागि निर्धारण गरेका दश सुचकहरु पुरा गरेको देखिएकाले गाउँपालिकाले प्रमाणीकरण गरी  विद्यालयलाई  तिन तारे विद्यालय घोषणा गरिएको  गाउँपालिकाका अध्यक्ष जमान सिंह के. सी. ले  बताउनु भयो ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल