धादिङबेसी स्थित आयुर्वेद तथा बैकल्पिक चिकित्सालय अध्यक्षमा बद्री प्रसाद कोइरालाद्धारा पदभार ग्रहण

शुक्रबार, चैत्र ८, २०८१

theme

धादिङबेसी स्थित आयुर्वेद तथा बैकल्पिक चिकित्सालयको कार्यालयमा शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरि अध्यक्ष बद्री प्रसाद कोईरालाले पदभार ग्रहण गर्नु भएको छ । 

बागमती प्रदेश सरकारले मिति २०८१ साल फागुन ११ गतेको मन्त्रिस्तरको निर्णय द्धारा नीलकण्ठ नगरपालिका वडा न ८ ससाह निवासी कोईरालालाई आयुर्वेद अस्पतालको अध्यक्षमा मनोनित गरेको थियो ।

 

 

पदभार ग्रहण गर्दै कोईरालाले आयुर्वेद तथा बैकल्पिक चिकित्सालय धादिङले १६ शैयाको अस्पताल सचालन गर्नको लागी जग्गा प्राप्त गरिसकेको अवस्थामा आफ्नो पालामा कम्तीमा डीपीआर गर्ने र भवन निमार्णकार्य थालनि गर्ने प्रतिबद्धता व्यक्त्त गर्नुभयो । आयुर्वेद सेवामा आफ्नो कुनै विज्ञाता नरहेकोले सबैको सल्लाह र परामर्श लिएर काम गर्ने बताउनुभयो । आयुर्वेद अस्पतालको सेवाग्राही पनि भएकोले सेवा प्रवाहमा थप चुस्तदुरुस्त बनाउन लागीपर्ने बताउनु भयो । 

पदभार ग्रहण कार्यक्रमा धादिङ अस्पतालका निमित्त निर्देशक गगन अधिकारी, जनस्वास्थ्य कार्यालय धादिङका निमित्त कार्यालय प्रमुख बिभु झा, आयुर्वेद तथा बैकल्पिक चिकित्सालय धादिङको कार्यालय प्रमुख अमुल्य दाहाल लगाएतको उपस्थिति रहेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल