आज बाट सदरमुकाम धादिङबेसीमा ३ दिवसीय पत्रकार क्षमता अभिवृद्धि तालिम सुरु भएको छ ।
सहिद स्मृति सञ्चार सहकारी संस्था लि.द्धारा सञ्चालित सामुदायिक रेडियो रेडियो बिहानी ९७.६ मेगाहर्जको आयोजना तथा पत्रकार महासंघ धादिङ र नेपाल आदिवासी जनजाती पत्रकार महासंघ धादिङको समन्वय र नीलकण्ठ नगरपालिका धादिङको आर्थिक सहयोगमा ३ दिवसीय पत्रकार क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको हो ।
सहिद स्मृति सञ्चार सहकारी संस्था लि.को अध्यक्ष मनराज भण्डारी (शैलेस) को अध्यक्षतामा उद्दघाटन गरिएको तालिममा नीलकण्ठ नगरपालिकाको उप–प्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
तालिमको उद्दघाटनलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि दिपक विश्वकर्माले प्रविधि विकास संगै पत्रकारीतामा अवसर र चुनौति दुवै थपिएकोले थप संवेदनशिल भएर अगाडी बढ्नु पर्ने बताउनुभयो । उहाँले विगतमा पत्रकारीता पेशा सहज नभएको बताउनुहुदै आफुलाई थप क्षमतावान बनाएर प्रस्तुत गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रमका अध्यक्ष मनराज भण्डारीले १० वर्षे जन–आन्दोलनले हासिल गरेको वाक स्वतन्त्रताको अधिकारलाई पत्रकारहरुले ससम्मान प्रयोग गर्नुपर्ने बताउनुभयो । रेडियो बिहानीलाई आधुनिक प्रविधिसंग जोड्दै जनमैत्रि सुचना प्रवाह गर्दै विकास समृद्धि सुशासन सामाजिक न्यायमा जनसहभागिता पुर्याउने कार्य रेडियो बिहानीले गर्ने स्पष्ट पार्नुभयो ।
तालिमको आज पहिलो दिन पत्रकार महासंघका अध्यक्ष सिताराम अधिकारी र फोनिज धादिङका अध्यक्ष अर्जुन श्रेष्ठले समाचारको रुपरेखा, समाचारका प्रकार, समाचारका महत्तव र पत्रकारको भुमिका र पत्रकारीता पेसाको बारेमा जानकारी गराउनुभएको थियो ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
पुन:प्रकाशन अघि अनुमति लिनुहोला।
सूचना
प्रेस काउन्सिल द.नं. - ४७२१
अध्यक्ष – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल