धादिङकै सर्वाधिक पुरस्कार राशीको प्रथम सुमन स्मृति कपकाे उपाधि एम वाई सी लाई

शनिबार, फाल्गुण १७, २०८१

theme

नीलकण्ठ नगरपालिकाका.-३ धादिङबेसी खुल्लामञ्चमा सम्पन्न प्रथम सुमन स्मृति कप 9A साईड खुल्ला क्लब स्तरीय फुटबल प्रतियोगितामा एम वाई सी च्याम्पियन बनेको छ ।

धादिङवेसीका फुटवल खेलाडी सुमन श्रेष्ठको २०७९ सालमा अल्पायुमै अप्रत्याशित निधन भएको थियो । सुमनको सम्झना र सम्मानमा धादिङ फुटवल क्लवले प्रतियोगीताको आयोजना गरेको हो ।

खेल सुरु हुनेबेलामा हल्का वर्षा भयो । दुुबै क्लवका खेलाडी मैदान चिप्लो भएका कारण अल्मलिएका थिए । त्यतिनै बेला एम वाई सी का खेलाडीले गोल हान्ने मौका पाए । तर, डि एफ सी खेलको अन्तिम समयसम्म पनि लय समाउन नसक्दा पराजित हुन पुग्यो ।

प्रतियोगिताको फाइनल खेलमा डिएफसीलाई २ –० गोल अन्तरले पराजित गर्दै एम वाई सी च्याम्पियन बनेको हो । एम वाई सी को जीतमा खेल सुरुभएकाे पहिलाे मिनेट मै सुमन डंगाेलकाे पासमा अनिल रानामगरले सुरुवाती गाेल गरेका थिए भने खेलकाे ३७ औं मिनेटमा अर्काे गाेल थपेकाे एम वाई सी का विरुद्ध निर्धारित समय सम्म डि एफ सी का खेलाडीले कुनै गाेल गर्न सकेनन्  एम वाई सी च्याम्पियन बनेको हो ।

प्रतियोगिताको बिजेता बनेको एम वाई सी फुटबल क्लबले विजेताले १ लाख ७५ हजार,सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको थियो । यस्तै उपविजेता बनेको डि एफ सी फुटबल क्लबले नगद ७५ हजार, तृतिय हुनेले २५ हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।  सेमिफाइनलमा राेकिएका आर्मी र सेभेन हर्जले सान्तोना हुँदै २५–२५ हजार नगद पाएका छन् ।

सो प्रतियोगिताबाट उत्कृष्ट प्रशिक्षक एम वाई सी का सञ्जय सापकोटा ‘मित्र’, उत्कृष्ट खेलाडी एम वाई सी कै अनिल राना मगर, उत्कृष्ट गोल किपर एम वाई सी का सफल खत्री, उच्च गोलकर्ता शिवदल गणका सरोज श्रेष्ठ र उदयमान खेलाडी डि एफ सी का समिर गुरुङ घाेषित भए,उनीहरुलाई नगद पाँच हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।

विभिन्न विधामा बिजयी खेलाडी र टिमलाई कार्यक्रमका प्रमुख अतिथि नीलकण्ठ नगरपालिकाका नगर प्रमुख एवम् नेपाल नगरपालिका संघका अध्यक्ष भिम प्रसाद ढुंगाना,प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदी, नेपाल नगरपालिका संघका सल्लाहकार सरोज अधिकारी,नेपाली कांग्रेसका पुर्व सभापती रमेश धमला विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार, खेलाडी तथा खेल प्रेमीहरुको उपस्थिति रहेको थियो ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
50%

0%

0%

50%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल द.नं. - ४७२१

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल