आगलागीका कारण युरोपको बेलायतको हिथ्रो विमानस्थल बन्द

शुक्रबार, चैत्र ८, २०८१

theme

बेलायतको हिथ्रो विमानस्थल आज आगलागीका कारण युरोपको सबैभन्दा व्यस्त हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको विद्युतीय सबस्टेसनमा भीषण आगलागी भएपछि विमानस्थल बन्द गर्नुपरेको हो ।

 बीबीसीका अनुसार हिलिङडन शहरको हेसको सबस्टेशनमा आगो लागेका कारण चार हजार नौ सयभन्दा धेरै घरमा बिजुलीको आपूर्ति रोकिएको छ । सबस्टेसन वरपरबाट एक सय ५० जनाको उद्धार गरिएको छ । आगलागीको कारण खुलेको छैन । कम्तीमा पनि एक हजार तीन सय ५१ उडान प्रभावित भएका छन् । १५ वर्षमा पहिलोपल्ट हिथ्रो विमानस्थल पूर्ण रूपमा बन्द भएको हो । यसअघि सन् २०१० मा ज्वालामुखी विस्फोटका कारण विमानस्थल बन्द गरिएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल