कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा प्रयोग हुने यन्त्र तथा उपकरणको गुणस्तरमा प्रश्न उठाउनुभएको छ ।
ललितपुरमा आज आयोजित नेपाल कृषि मेशिनरी व्यवसायी संघको नवौ वार्षिक साधारण सभालाई सम्वोधन गर्दे मन्त्री अधिकारीले एकातिर कृषिलाई यन्त्रीकरण गर्दे जानु पर्ने आवश्यकता छ, अर्को तर्फ यस्ता उपरणको गुणस्तरीयतामा विश्वस्त हुने अवस्था छैन भन्नुभयो । आफु स्ंवयमले किनेको हाते टयाक्टर बिग्रिएर प्रत्येक वर्ष दश हजार भन्दा वढि खर्च गर्नू परेको वास्तविकता छ ,पचास हजार हालेर किनेको मेसिन मर्मत गरिरहन किसानले खर्च धेरै गर्न परिरहेको छ यो अवस्थाको अनत्य हुनपर्छ मन्त्री अधिकारीले भन्नुभयो । कृषि उपकरण खरिद गर्दा गुणस्तरमा निश्चिन्त भएर गर्न पनि किसानहरुलाई मन्त्री अधिकारीले आग्रह गर्नूभयो । कृषि यान्त्रिकीकरणको प्रवर्द्धनमा व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहेको र अव यस्ता यन्त्र उपकरण स्वदेशमै वनाउन पहल गर्न व्यवसायीहरुलाई मन्त्री अधिकारीले आग्रह गर्नुभयो । उत्पादन लागत घटाउन, उत्पादकत्व बढाउन, र दीगो कृषि प्रणाली सुनिश्चित गर्न यान्त्रिकीकरणलाई प्राथमिकता दिदै सरकार अघि वढेको छ मन्त्री अधिकारीले ,भन्नुभयो ।
आधुनिक कृषि यन्त्र तथा उपकरणहरूमा अनुदानका कार्यक्रमहरु निरन्तर सञ्चालनमा ल्याएका कारण उत्पादन वृद्धि हुदैछ ,यसलाई अझ प्रभावकारी बनाउन सरकार सरोकार पक्ष सँग सहकार्य गर्न तयार रहेको पनि मन्त्री अधिकारीले उल्लेख गर्नुभयो ।
गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।
यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।
गुरास मिडिया हाउसद्वारा संचालित
ओखर न्यूज डट कम, OkharNews.com
कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ
Email: [email protected]
सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४
सञ्चार रजिष्ट्ररको कार्यालय
बागमती प्रदेश द.नं : ००२७०/०७९-०८२
सूचना विभाग दर्ता नम्बर: ३९९६/०७९-०८२
अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ
सम्पादक – अस्मिता कडवाल
व्यवस्थापक – शारदा अधिकारी
फोटो / सम्पादन – भिषण श्रेष्ठ