ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुने

आइतबार, चैत्र १०, २०८१

theme

पोखराको लेकसाइड क्षेत्रमा आयोजना हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को स्थान परिवर्तन भएको छ ।

लेकसाइड क्षेत्रमा कोटिहोम महायज्ञ सञ्चालन गर्ने तयारीमा रहेको आयोजक मानव सेवा फाउण्डेसन नेपालले अन्ततः स्थान परिवर्तन गरेर पोखरा महानगरपालिका वार्ड नं. १७ स्थित श्री सदा शिवजी शिद्धेश्वर हरिहर मन्दिरले भोगचलन गरेको गुठीको जग्गा सहित आपपासका स्थानियहरुको जमिनमा  २०८१ चैत्र १७ गते देखि २०८२ जेठ २६ गतेसम्म कोटिहोम महायज्ञ आयोजना गर्न लागेको हो ।

बाराहीघाट क्षेत्रमा गत फागुन २३ गते कोटिहोम महायज्ञ स्थलको भूमी पुजन गर्ने क्रममा पोखरा महानगरपालिकाका नगरप्रहरीले भूमी पुजन रोक्न खोजेपछि दुवै पक्षविच झडपको स्थिती सिर्जना भएको थियो । त्यसपश्चात पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यकाको आह्वानमा फागुन २६ गते जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी,जिल्लाका सुरक्षा निकायका प्रमुख , पोखरा महानगरपालिकाकी उपप्रमुख ,वार्ड अध्यक्षहरु कार्यपालिकाको सदस्यहरु , पोखरा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत,विश्व हिन्दु महासंघका प्रतिनिधी,कोटिहोम महायज्ञको आयोजक मानव सेवा फाउण्डेसन नेपालका प्रतिनिधी लगायतको  उपस्थितीमा बैठक बसी कोटिहोम सञ्चालन गर्न दिने निर्णय गर्दै समस्या समाधान समिती गठन गर्ने निर्णय गरेको थियो ।

 

 

उक्त समितीले वैकल्पिक स्थानको खोजि गरी अन्ततः कोटिहोम महायज्ञ पोखरा महानगरपालिका वार्ड नं. ६ को लेकसाइड क्षेत्रबाट पोखरा महानगरपालिका वार्ड नं. १७ मा रहेको सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर (शिद्ध गुफा वेद विद्याश्रम गुठी व्यबस्थापन समिती) को स्वामित्वमा रहेको बिरौटाको जमिन तथा आसपासका स्थानियको जमिन भाडामा लिएर सञ्चालन हुने भएको छ । 

पोखरा महानगरपालिकाले कोटिहोम महायज्ञको लागि वैकल्पिक स्थान खोजेर महानगरपालिकाकै स्वामित्वमा कोटिहोम सञ्चालन हुने गरी आयोजकलाई अनुमती दिएपछि  आयोजक मानव सेवा फाउण्डेसन नेपाल बिरौटामा नै कोटिहोम महायज्ञ सञ्चालन गर्नको लागि तयार भएको हो । पोखरा १७ मा रहेको सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर व्यबस्थापन समिति ,समस्या समाधान वार्ता समिति,पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटा,पोखरा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय कास्कीले कोटिहोम महायज्ञ सञ्चालन गर्नको लागि अनुमती दिएपश्चात अहिले कोटिहोम महायज्ञको आयोजक मानव सेवा फाउण्डेसन नेपाल कास्की परिवार महायज्ञको तयारीमा जुटिसकेको छ ।

 

 

आइतवार महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्ती जी महाराजलाई महायज्ञ स्थल आसपासमा रहेका आमा समूहका प्रतिनीधी,टोल बिकास समितीका प्रतिनिधीहरु,स्थानिय संघसस्थाका प्रतिनिधीहरु उपस्थित भई खुशी व्यक्त गर्दै भव्य स्वागत समेत गरेका थिए । त्यस्तै कोटिहोम सफल बनाउनको लागि ऐक्यबद्धता समेत व्यक्त गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
100%

0%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • Okhar News Logo

    गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    यसमा प्रकाशित कुनै पनि सामग्रीहरु पुन:प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउसद्वारा संचालित

    ओखर न्यूज डट कम, OkharNews.com

    कार्यालय: नीलकण्ठ न.पा.-३, धादिङबेशी, धादिङ

    Email: [email protected]

    सम्पर्क फोन: ९८५१२३६३८६, ९८४८५६५६५४

    सञ्‍चार रजिष्ट्ररको कार्यालय

    बागमती प्रदेश द.नं : ००२७०/०७९-०८२

    सूचना विभाग दर्ता नम्बर: ३९९६/०७९-०८२

    अध्यक्ष तथा प्रबन्ध निर्देशक – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल

    व्यवस्थापक – शारदा अधिकारी

    फोटो / सम्पादन – भिषण श्रेष्ठ