सल्यानमा जिप दुर्घटना हुँदा १७ जना घाइते

सोमबार, चैत्र ११, २०८१

theme

सोमबार बिहान जिल्लाको सिद्ध कुमाख गाउँपालिका ३ गतियाना स्थित तिमिलेबाट सल्यान श्रीनगर आउँदै गरेको भे १ ज १२१४ नम्बरको जिप दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

 

दुर्घटनामा परी घाइते हुनेमा सल्यान शारदा नगरपालिकका १ का २२ वर्षीय अनिल नेपाली, कुमाख गाउँपालिका ३ तिमिलेका ६४ वर्षीय धने परियार, २८ वर्षीय ढम्मर बुढाथोकी, ४७ वर्षीया रिता कुमारी बुढा, ३५ वर्षीय शेर बहादुर नेपाली, १८ वर्षीया सपना वली, ३२ वर्षीया गिता चन्द, गिता चन्दको १० वर्षीया छोरी इन्दिरा चन्द रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशम बहादुर खत्रीले जानकारी दिनु भयो ।  यस्तै बनगाड कुपिण्डे नगरपालिका ५ की २१ वर्षीयाा भूमि राना, ६ वर्षीया एलिसा रावत, कुमाख गाउँपालिका ४ की ४१ वर्षीया हिरा शाही, ५० वर्षीय प्रविर रावत, ३० वर्षीय अर्जुन बस्नेत, कुमाख गाउँपालिका २ की २६ वर्षीया प्रतिमा बुढा, शारदा नगरपालिका १० का अनुपम बुढाथोकी र कुमाख गाउँपालिका २ की २६ वर्षीया ललिता बुढाथोकी रहेको उहाँले बताउनु भयो । घाइते सबैको श्रीनगर स्थित शारदा मेट्रो अस्पतालमा उपचार भइरहेको खत्रीको भनाई छ ।

 

उनका अनुसार ब्रेक फेल भएर भित्तामा ठोक्किँदा यात्रुबाहक जीप सडकमै पल्टिएको थियो । यात्रुबाहक जीपमा चालकसहित १८ जना सवार थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

100%

0%

0%

0%

अनि यो पनि

  • थप पढ्नुहोस् :
  • गुरास मिडिया हाउसद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरु ओखर न्यूज डट कमका सम्पत्ति हुन्।

    पुन:प्रकाशन अघि अनुमति लिनुहोला।

    गुरास मिडिया हाउस

    ओखर न्यूज डट कम

    धादिङबेशी, धादिङ

    Email: [email protected]

    फोन: ९८४१६५६५४४

    सूचना

    प्रेस काउन्सिल नेपाल द.नं. ४७२१-२०८१/०८२

    सञ्चार रजिष्ट्रार द.नं. ००२७०/२०८१/०८२

    अध्यक्ष – सन्तोष श्रेष्ठ

    सम्पादक – अस्मिता कडवाल